नेकपा रुकुम पश्चिमको तेस्रो बैठक सम्मन्न

नेकपा रुकुम पश्चिमको तेस्रो बैठक सम्मन्न

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुकुम पश्चिमको तेस्रो पूर्ण बैठक बुधवार सदरमुकाम खलङ्गामा सम्पन्न भएको छ ।

बैठकमा जिल्ला नगरपालिका र गाउँपालिकामा स्कुलिङ, अन्तरक्रिया, प्रशिक्षण, सङ्घर्ष र जिल्लामा सामुहिक उत्पादन लगायतको बिषयमा तिब्र तयारीका लागि छलफल गरिएको नेकपाले बताएको छ ।

बैठकमा बोल्दै नेकपाका जिल्ला इन्चार्ज तथा बैठकका प्रमुख अतिथि डिल्लीराज शर्मा ‘बिश्व’ ले तीनबुँदे पछि पार्टी कतै संसदीय राजनीतिमा फस्ने हैन जस्ता अनेकौँ जिल्ला नेता कार्यकर्ताले राखेको जिज्ञासाको जवाफ दिँदै आफ्नो पार्टी संसदीय राजनीतिमा नफस्ने बरु यो संसदीय व्यवस्था फेल भैसकेकाले संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्न पार्टी तिब्र गतिमा अगाडि बढीसकेको बताए ।

उनले भने, ‘निर्णायक शक्ति जनता नै हुन् त्यसैले हामीले व्यवस्था छान्ने अधिकार जनतालाई नै जिम्मा दिएका छौँ संसदीय व्यवस्थाकी वैज्ञानिक समाजवाद जनमतसङ्ग्रह गरौँ । एकीकृत जनक्रान्तिको कार्यदिशा पनि जनताको पूर्ण सहभागिता सहितको सङ्घर्ष नै भएकाले व्यवस्था नबदलिए जनताले सङ्घर्ष गरेर भए पनि वैज्ञानिक समाजवाद स्थापना गर्ने र त्यसको नेतृत्व नेकपाले नै गर्ने बताए ।

सेक्रेटरी चन्द्र बुढाले आफूले जिल्लाको नेतृत्व पाएको करिब चार बर्ष पार गरेता पनि यस बीचमा प्रतिबन्ध, कोरोना महामारी, आफू स्वयम् गिरफ्तार लगायत गरि साँढे दुई बर्ष विभिन्न बाधाअबरोधका कारण पार्टीमा कामकाज गर्न नपाएको बताउँदै आफूले सोंचेजति व्यवस्थित गर्न नसकिएको स्वीकार गरे ।

कार्यकर्ताको विभिन्न जिज्ञासामा जवाफ दिँदै सेक्रेटरी बुढाले पार्टीले लिएको नीति वस्तुगत र वैज्ञानिक भएको बताउँदै आफूले क्रान्तिलाई कहिलै धोका नदिने बरु क्रान्ति मै प्राण त्याग गर्ने बताउँदै क्रान्तिबाट बिचलित नहुने बताए । बरु अहिलेको संसदीय व्यवस्था फेल भइसकेकाले छलफल बहस गरि जनमतसङ्ग्रह हुँदै वैज्ञानिक समाजवादका पक्षमा मत जाहेरी गर्न जनताहरू समक्ष पार्टीको धारणा प्रस्ट पार्न कार्यकर्तालाई निर्देशन दिए । साथै बैठकले केही नगर र गाउँपालिकामा सेक्रेटरी र इन्चार्ज जिम्मेवारी हेरफेर गरि अर्को गाउँ, नगरमा पठाएको छ ।

बैठकमा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज डिल्लीराज शर्मा ‘विश्व’, अतिथिमा नेकपा जिल्ला सल्लाहकार संयोजक सफल, सल्लाहकार सदस्य चिर्को लगायतको उपस्थिति थियो । बैठकको सञ्चालन जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :