कैलालीमा जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान उद्घाटन

एमसीसी लागु गर्न खोजे शशक्त प्रतिरोध गर्ने नेता पुनको चेतावनी

कैलालीमा जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान उद्घाटन

नेपाल कम्युनिष्ट पार्टी कैलालीले जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान उद्घाटन गरेको छ। आईतबार मसुरियामा एक कार्यक्रमको आयोजना गरि अभियान उद्घाटन गरेको हो। अभियानलाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन उद्घाटन गरेका हुन्।

अभियान उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै नेता पुनले देशमा संसदवादी राजनैतिक शक्ति र व्यवस्था नै असफल भइसकेको बताए। संसदिय व्यवस्थाले राष्ट्रघात, भ्रष्टाचार र बेरोजगारी मात्र बढाइरहेको उनको भनाई थियो। संसदवादी राजनैतिक दल र तिनको नेतृत्वमा देश बनाउने होइन कसरी पैसा कमाउने कसरी व्यक्तिगत लाभ लिने भन्ने मात्र चिन्ता भएको उनको आरोप थियो। आफ्नो पार्टीले राष्ट्रहित विपरितका कुनै पनि परियोजना लागु हुन नदिने बताउँदै जबरजस्त लागु गर्न खोजे त्यसको शशक्त प्रतिरोध गर्न समेत तयार रहेको समेत उनले घोषणा गरे ।देशमा एमसिसिका नाममा अमेरिकि सेना भित्र्याउने षडयन्त्र भइरहेको बताउँदै त्यो कदापी पुरा हुन नदिने उनको भनाई थियो। एमसिसि परियोजना हिन्द प्रशान्त रणनितिको अङ्ग भएको स्पष्ट भइसकेको बताउँदै यसको पक्षपोषण गर्नेहरू अमेरिकि साम्राज्यवादका दलालहरू भएको उनको भनाई थियो।

उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेकपा केन्द्रिय सदस्य तथा थारूवान स्वायत्त जनपरिषद प्रमुख रामबहादुर चौधरी महानले हिजो कमैया र हलियामाथि शोषण गर्ने सामन्तहरू अहिले दलालमा परिणत भएको बताउँदै दलाल व्यवस्थाका विरुद्ध लड्न उत्पिडित जनता फेरि एकपटक जुर्मुराउनुपर्ने उनको भनाई थियो। उनले वैज्ञानिक समाजवाद स्थापना पछि मात्र थारू लगायत उत्पिडित समुदायको अधिकार सुनिश्चित हुनसक्ने बताउँदै संसदवादको चंगुलबाट मुक्त हुन जनजाति समुदायलाई आव्हान गरे।

नेकपा कैलाली सचिव दीपेन्द्र चलाउनेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष समिति सदस्य गणेश ढकाल, जिल्ला सेक्रेटरी बिमल खड्का साधारण शाखा सेक्रेटरी कमल,अखिल नेपाल महिला संघ क्रान्तिकारीकि केन्द्रिय सदस्य बिपना मल्ल लगायतका अतिथिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ७० जनाभन्दा बढी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन। प्रवेश गर्नेहरूमा बर्दगोरियाका पुर्व वडाअध्यक्ष खडकबहादुर सिजापती, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू मानबहादुर बिक, हानसिहं बिक, भजन रम्तेल, दिलिप पुरी, नेपाली काँग्रेसबाट जीवन भट्ट, नेकपा एमालेबाट सुस्मिता भट्टराई लगायतका नेताकार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन।

आइतबार उद्घाटन गरिएको अभियान जिल्लाभरी सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रमलाई जिल्ला सचिवालय सदस्य रोशन रैकालले सञ्चालन गरेका थिए भने समुन्द्रले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :