नेकपा दाङद्वारा जिल्ला स्तरीय स्कुलिङ उद्घाटन

नेकपा दाङद्वारा जिल्ला स्तरीय स्कुलिङ उद्घाटन

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला स्कुलिङ बिभागको आयोजनामा भदौ २० गतेदेखि असोज १० गतेसम्म सञ्चालन हुने जिल्ला स्तरीय स्कुलिङ कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि शितलले आइतबार कार्यक्रमको व्यानर पढेर जिल्ला स्तरीय स्कुलिङ कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथिसमेत रहेका नेता शितलले माक्र्सवादी दृष्टिकोणको गहिरो अध्यनले मात्रै शोषण, दमन र उत्पीडनको विरुद्धमा सङ्घर्ष गर्न सक्ने क्षमता पैदा हुने बताए । उनले स्कुलिङले नेता–कार्यकर्तामा दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको अध्यनले नेपाली समाजका अन्तरविरोधहरू, बहुसङ्ख्यक नेपाली जनतामाथि पुँजीवादले गरेको शोषण, दमन, उत्पीडनको शैली राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति लगायतको थुप्रै बिषयवस्तुमा भरपुर ज्ञान हासिल हुने विश्वास व्यक्त गरे । नेता शितलले आफ्नो पार्टीले मालेमावादको जगमा उभिएर दर्शनमा केही बिकास गरेको समेत बताए ।

जिल्ला स्तरीय स्कुलिङ कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका अर्का अतिथि केन्द्रीय स्कुलिङ बिभागका सदस्य गतीले आफूहरू दुनिया बदल्ने महान् अभियानमा अग्रसर रहेको बताए । उनले बहुसङ्ख्यक जनताहरूमाथि केही सिमित पुँजीपतिहरूको शोषण, दमन, उत्पीडनका विरुद्ध सचेत बिद्रोह गर्नको लागि माक्र्सवादी दृष्टिकोणको अध्यन महत्वपूर्ण पक्ष भएको बताए ।

स्कुलिङ बिभाग दाङका सदस्य नवराजको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता पार्टी जिल्ला सेक्रेटरी प्रदिपले गरेका थिए भने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्यहरू बिकाश, निर्मल र किरण लगायत पार्टी जिल्ला सल्लाहकार समिति सदस्य शुरेसको आतिथ्य रहेको थियो ।

जिल्ला स्तरीय स्कुलिङ कार्यक्रमको सहजीकरण स्कुलिङ बिभाग दाङ जिल्ला प्रमुख रुद्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :