कैलालीको घोडाघोडीमा नेकपाले बाढीले भत्काएको कल्भर्ट पुन:निर्माण गर्‍यो

नेपाल कम्युनिष्ट पार्टी घोडाघोडी नगर समितिले बाढीले बगाएको कल्भर्ट निर्माण गरेको छ। घोडाघोडी नगरपालिका वडा नम्बर ३ जुरपानीस्थित खोलाको कल्भर्ट बाढीले भत्काएपछि स्थानीय जनतालाई आवतजावतमा कठिनाइ भइरहेको थियो।

कल्भर्ट भत्किएर आवतजावतमा समस्या भईरहेको जानकारी पाएपछि नेकपा घोडाघोडी नगर इन्चार्ज भरत शाहको नेतृत्वमा गएको टोलीले शनिबार कल्भर्ट निर्माण गरेको हो।जनतालाई आवतजावतमा कठिनाइ भएपछि आफ्नो पार्टीले कल्भर्ट निर्माण गरेर फर्किएको इन्चार्ज शाहले जानकारी दिए। उनले आफ्नो पार्टी जनताको दुःखपीडामा सहयोग गर्न सदैव तयार रहेको बताए। कल्भर्ट पुनर्निर्माण पछि आवतजावत गर्न सजिलो भएको स्थानीय बलबहादुर चौधरीले बताए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :