कञ्चनपुरमा भारतीय ज्यादति विरुद्ध नेकपाका जनसंगठनको प्रदर्शन

वैदेशिक हस्तक्षेप विरुद्ध एकजुट हुन आव्हान

कञ्चनपुरमा भारतीय ज्यादति विरुद्ध नेकपाका जनसंगठनको प्रदर्शन

भारतीय ज्यादतिको विरुद्धमा नेकपाको भातृसंगठन युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा महेन्द्रनगरमा विरोध प्रदर्शन गरिएको छ । दार्चुला तुईन प्रकरण र नेपाली भुमीमा भारतीय हेलिकप्टरले गरिरहेको गस्ती विरूद्ध प्रदर्शन गरिएको हो। तुईन घटनामा सरकारले देखाएको उदासिनता, घटनाको विषयमा भारत सरकारको अभिव्यक्ति को विषयमा नेपाल सरकारलाई ध्यानाकर्षण गराउन विरोध प्रदर्शनमा उत्रिएको सो कार्यक्रमका वक्ता तथा युवा संगठन नेपाल सेती महाकाली ब्युरो कार्यालय सचिव मनमोहन जोशीले बताए।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का सेती महाकाली ब्युरो संयोजक वीरेन्द्र शाहले एक पटक नभई पटक पटक भारतको हेपाहा प्रवृत्ति देखिएको बताउँदै सरकारले राष्ट्र र राष्ट्रियता को विषयमा बोल्दै नबोल्नु सरकारको ध्यान कुर्सी बचाउन मात्र केन्द्रित हुनुले वर्तमान दलाल संसदीय व्यवस्थाकै असफलता पुष्टि भएको बताए । नेपाल भारत सीमा नाकामा दिनदिनै नेपालीहरु लुटिइरहेको बताउँदै सरकारले गम्भीरतापूर्वक समाधान गर्नुपर्ने उनको भनाई थियो ।नेपालमा दलाल संसदिय व्यवस्था असफलसिद्ध भएको उल्लेख गर्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि सम्पूर्ण शक्ति एकजुट हुनुपर्ने उनको भनाई थियो ।

ग्रेटर नेपालका केन्द्रिय उपाध्यक्ष गजेन्द्र पाण्डेले वैदेशिक हस्तक्षेपका विरूद्ध संघर्ष गर्नुपर्ने बताउँदै टिस्टा देखि काँगडासम्मको नेपालको भुमी फिर्ता पाउनुपर्ने उनको भनाई थियो । कार्यक्रम अखिल क्रान्तिकारी का कञ्चनपुर जिल्ला अध्यक्ष ललित एसके ले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :