पूर्वीचौकी गाउँपालिकामा नेकपाको वडा भेला सम्पन्न

पूर्वीचौकी गाउँपालिकामा नेकपाको वडा भेला सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी डोटीले पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ मा वडा भेला सम्पन्न गरेको छ।तर्क बोगटीको अध्यक्षतामा १९ सदस्य वडा कमिटी गठन गर्दै भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै नेकपा जिल्ला सेक्रेटरी ध्रुवले सरकारको दलाल चरित्रका कारण राष्ट्रियता खतरामा परेको बताए। तुइन घटनाको छानबिन निष्कर्षमा नपुग्दै भारतले नेपालको सिमाक्षेत्रमा हेलिकप्टर घुमाइरहेको बताउँदै अविलम्ब यस्ता हर्कत नियन्त्रण गर्न र सरकारलाई मुखदर्शक भएर नबस्न चेतावनी दिए। संसदिय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताउँदै जनतालाई आफ्नो व्यवस्था छान्न जनमतसंग्रह गरिनुपर्ने उनको भनाई थियो ।

तर्क बोगटीको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला सेक्रेटरी ध्रुव प्रमुख अतिथि रहेका थिए भने युवा संगठन नेपाल डोटी संयोजक सुशिल मलासी,नेकपा पूर्वीचौकी गाउँपालिका इन्चार्ज शंकर साउँद,जनपत्रकार संगठन नेपाल डोटी उपाध्यक्ष शंकर विसी थिए ।

गाउँपालिका सेक्रेटरी छत्र साउँदले सञ्चालन गरेको कार्यक्रम जय सिंह धामी हत्या र नेपाल भुमिमा भारतीय हेलिकप्टरले गरिरहेको सर्च अप्रेशन विरुद्धमा नाराजुलुस सहित कोण सभा समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :