नेकपा भरतपुर महानगरपालिका वडा नं. २० को बैठक सम्पन्न

नेकपा भरतपुर महानगरपालिका वडा नं. २० को बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २० को बैठक सम्पन्न भएको छ । बैठकले राम कुँवरको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति गठन गरिएको हो ।

चितवन जिल्ला विशेष कमिटीका सेक्रेटरी महेशको प्रमुख आतित्य, अतिथि जिल्ला सदस्य तथा वडा इन्चार्ज अशोक, पुरन र वडा नं. २६ का सेक्रेटरी महेन्द्र चापागाईको उपस्थितिमा १५ सदस्यीय गाउँ समिति गठन गरेको छ ।

उक्त बैठकले इन्चार्जमा राम कुँवर, सेक्रेटरी शिव पौडेल, सदस्यहरू रामजी महतों, सनिचर महतों, दुर्गा महतों, रविन लामिछाने, रमेश महतों, सुनिल पाठक, बाबुराम महतों, कृष्ण कुँवर, खेम लाल महतों, नवराज आचार्य, सन्त कुमार महतों र शिव महतोंलाई चयन गरेको छ ।

बैठकले यहि भदौ २३ गते एमसीसीका अमेरिकी उपाध्यक्ष नेपाल आउने दिनमा जुलुस गर्ने निर्णयसहित सङ्घर्षको कार्य योजनासमेत तय गरेको समाचारमा जनाइएको छ । साथै एमसीसी र नागरिता विधेयक राष्ट्रघाती कदमविरुद्ध सङ्घर्ष गर्ने र भ्रष्टाचार विसङ्गतिविरुद्ध आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :