नेकपा काठमाडौँ महानगर १५, १८, १९ र २० को संयुक्त वडा भेला सम्पन्न

नेकपा काठमाडौँ महानगर १५, १८, १९ र २० को संयुक्त वडा भेला सम्पन्न

काठमाडौँः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला अन्तर्गत काठमाडौँ महानगर समिति वडा नम्बर १५, १८, १९ र २० को संयुक्त वडा भेला सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले केही दिन यता प्रारम्भ गरेको “जनसेवा तथा संगठन विस्तार अभियान” अन्तर्गत देशव्यापी रुपमा संगठन विस्तार कार्यक्रम तिव्रताका साथ अगाडि बढिरहेको छ । २७ र २८ वडामा यसअघि नै भेला गरिसकेको महानगर समितिले आज मात्रै चार वडामा एकै दिन विशाल संयुक्त भेलाको आयोजना गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ महानगर समिति अन्तर्गत वडा नं. १५, १८, १९ र २० बाट करिब २५० भन्दा बढीको उपस्थिति रहेको भेलाको सञ्चालन काठमाडौँ महानगर समिति कार्यालय सचिव संघर्षले गरेका थिए । “जनसेवा तथा संगठन विस्तार अभियान” टिम नं. ७ का इन्चार्ज दिपक अध्यक्ष रहेको भेलाको प्रमुख आतिथ्यता नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला सचिवालय सदस्य तथा काठमाडौँ महानगर समिति इन्चार्ज अविरलले गरेका थिए ।

अखिल नेपाल शिक्षक संगठन काठमाडौँ जिल्ला कोषाध्यक्ष गोविन्दको स्वागत मन्तव्यबाट सुरु भएको भेलामा कागेश्वरी मनोहरा नगर समिति इन्चार्ज सफलले समेत मन्तव्य राखेका थिए भने सफल, कमल, उषा, आजाद लगायतको पनि भेलामा उपस्थिति रहेको थियो । संयुक्त भेलाले काठमाडौँ महानगर समिति वडा नं. १५ मा प्रेमको नेतृत्वमा ७ सदस्यीय, वडा नं. १८ मा गोन्दविको नेतृत्वमा ११ सदस्यीय, वडा नं. १९ मा संघर्षको नेतृत्वमा १५ सदस्यीय र वडा नं. २० मा दिपकको नेतृत्वमा ११ सदस्यीय वडा समिति गठन गरेको नेकपा काठमाडौँ महानगर समितिले जनाएको छ । नवगठित सम्पूर्ण सदस्यहरुलाई खादा र अविर लगाएर स्वागत गर्दै भेलाका प्रमुख अतिथि अविरल चन्दले बधाईसहित शुभकामना समेत व्यक्त गरेका थिए ।

साथै नेता चन्दले नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल सिद्ध भैसकेकोले आफ्नो पार्टीले त्यसको विकल्पको रुपमा वैज्ञानिक समाजवादी सत्ताको अवधारणा अगाड िसारेको भन्दै दिन प्रतिदिन सयौँको संख्यामा उर्जावान युवा पंक्ति पार्टीमा गोलबद्ध हुनुले एकीकृत जनक्रान्तिको विजय सन्निकट रहेको समेत उल्लेख गरे । देशको वर्तमान समस्याको निराकरण पात्रको फेरबदलले मात्र नहुने भन्दै प्रमुख अतिथि अविरलले त्यसको लागि एकपटक आम नेपाली जनताले जनक्रान्तिको महाअभियानमा एकीकृत हुन आव्हान समेत गरे ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :