सिन्धुपाल्चोक र दोलखाको जनसङ्गठन तथा जनसेवा अभियानको समिक्षा कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक र दोलखाको जनसङ्गठन तथा जनसेवा अभियानको समिक्षा कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक र दोलखाको जनसङ्गठन तथा जनसेवा अभियानको संयुक्त समिक्षा कार्यक्रम शनिबार सम्पन्न भएको छ । सिन्धुपाल्चोकको खाडीचौरमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दोलखा, सिन्धुपाल्चोक जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंह `प्रवीण` को प्रमुख आथित्यतामा भएको थियो ।

उक्त समिक्षा कार्यक्रममा आफ्नो भनाई राख्दै उनले यो समिक्षा कार्यक्रमबाट अर्को नयाँ अभियानको शुरूवात भएको बताए । उनले जबस/मोर्चा निर्माण र संचालनमा मोहनविक्रम प्रवृत्ति र एमाले प्रवृत्ति जस्ता गलत प्रवृत्तिका विरुद्धमा सशक्त रुपमा लड्नुपर्ने बताए । उनले भने, `हामीले नयाँको शुरूवात गरेका छौँ, राम्रो कामको शुरूवात गरेका छौँ ।`

आफ्नो मन्तव्यमा क्रममा उनले भ्रष्टाचारीहरुलाई जनताका बीचमा कडा कारवाही गर्ने बताए । त्यस्तै जनसङ्गठन तथा जनसेवा अभियान सफल भएको समेत बताए ।

पार्टीका दोलखा जिल्ला सेक्रेटरी आकाशको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी युगीनले संचालन गरेका थिए । समिक्षा कार्यक्रममा उपस्थित दोलखा, सिन्धुपाल्चोक जिल्लाका जिल्ला समिति सदस्यहरुले अभियानका उपलब्धि, समस्या, सम्भावनाका बारेमा महत्त्वपूर्ण रिपोर्ट राखेका थिए ।

उक्त कार्यक्रममा पार्टीका विशेष कमिटी सदस्य अर्जुन योगीले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै पार्टीका विशेष कमिटी सदस्य यादव दाहाल र किरण घिमिरेले पनि आआफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :