नेकपा डोटीद्वारा जिल्ला सल्लाहकार कुशलप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा डोटीद्वारा जिल्ला सल्लाहकार कुशलप्रति श्रद्धाञ्जली व्यक्त

डोटी : नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति, डोटीले जिल्ला सल्लाहकार समितिका सदस्य भक्तबहादुर देउवा ‘कुशल’ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

जिल्ला सेक्रेटरी ध्रुवले आइतबार शोक वक्तव्यमार्फत भदौ १२ गते रुखबाट खसेर उपचारमा लैजाने क्रममा जिल्ला सल्लाहकार कुशलको बाटोमै भएको दुःखद् निधनबाट डोटीलाई एक असल क्रान्तिकारी अभिभावक तथा क्रान्तिका प्रेरकको अभाव महसुस भइरहेको भन्दै मृतक कुशलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल अवस्थामा रहनु भएका परिवारजन तथा आफन्तहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी डोटी जिल्ला सल्लाहकार समितिका सदस्य कमरेड भक्तबहादुर देउवा ‘कुशल’ को निधनको खबरले हाम्रो पार्टीलाई मर्माहित बनाएको छ । हिजो भदौ १२ गते आफ्नै घर नजिकै रुखबाट खसेर उपचारमा लैजाने क्रममा बाटोमै भएको दुःखद् निधनबाट डोटीलाई एक असल क्रान्तिकारी अभिभावक तथा क्रान्तिका प्रेरकको अभाव महसुस भइरहनेछ ।’

शोक वक्तव्यको अन्त्यमा भनिएको छ, ‘हाम्रो पार्टी मृतक कमरेड कुशलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दुःखको यस घडीमा शोकाकुल अवस्थामा रहनु भएका परिवारजन तथा आफन्तहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :