नेकपा शान्तिनगर–दंगिशरण गाउँपालिकाको बैठक सम्पन्न

नेकपा शान्तिनगर–दंगिशरण गाउँपालिकाको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत शान्तिनगर–दंगिशरण गाउँपालिकाको दोस्रो बैठक शनिबार पश्चिम रगैचामा सम्पन्न भएको छ ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले आफ्नो पार्टीले दलाल संसदीय व्यवस्थाको विरुद्ध जनमतसङ्ग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिने कार्यनीतिक एजेन्डा लिएर अघि बढेको बताए । नेता शितलले संसदीय सरकारको विघटन गरि प्रगतिशील संयुक्त सरकार गठन गरेर त्यही सरकारको नेतृत्वमा जनमतसङ्ग्रहको आयोजना गरि दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी राज्यव्यवस्था भनेर व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्ने माग आफ्नो पार्टीको रहेको स्पष्ट पारेका थिए । सबैखाले समस्याको निर्विकल्प समाधान जनमतसङ्ग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापना रहेको नेता शितलको भनाई थियो ।

बैठकले एक महिने सङ्ंगठन सुदृढ तथा बिस्तार अभियान सञ्चालन गर्ने, नमुना गाउँ बनाउने, गाउँपालिका स्तरीय राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम गर्ने, स्कुलिङ सञ्चालन गर्ने, जबस मोर्चाको पालिका स्तरीय भेला/सम्मेलन गर्ने, अन्तरक्रिया गर्ने, जनतासँग भेटघाट छलफल गर्ने, सहिद परिवार, घाइते, बेपत्ता योद्धाका परिवारसँग भेटघाट गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।

नेकपा शान्तिनगर–दंगिशरण गाउँपालिका इन्चार्ज/सेक्रेटरी निर्मलको अध्यक्षता तथा सञ्चालनमा बसेको बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :