जनपत्रकार संगठन नेपाल रोल्पाको सम्मेलन सम्पन्न,अध्यक्षमा हर्क घर्ती निर्वाचित

जनपत्रकार संगठन नेपाल रोल्पाको सम्मेलन सम्पन्न,अध्यक्षमा हर्क घर्ती निर्वाचित

रोल्पाः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आवद्द जनपत्रकार संगठन नेपाल जिल्ला समिति रोल्पाको तेस्रो जिल्ला सम्मेलन सम्पन भएको छ । आइतबार सम्पन्न उक्त सम्मेलनद्वारा हर्क बहादुर घर्ती मगर अध्यक्षमा निर्वाचित भएका छन् । रोल्पाको लिबाङ उद्योग वाणिज्य संघको हलमा सम्पन्न भेलाले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जनपत्रकार संगठन नेपाल जिल्ला समिति रोल्पाको उपाध्यक्षमा कमान सिङ पुन निर्वाचित भएका छन् भने सचिवमा रबिन्द्र पुन (सुगम सरोवर) कोषाध्यक्षमा गोपिन विक, सहसचिवमा चित्र झाँक्री मगर र सदस्यहरु हरिमाया महरा, कमल बि।क।, शुशील परियार, चन्द्र बहादुर पुन, सपना वली लगायत निर्वाचित भएका छन् ।

जनपत्रकार संगठन नेपाल जिल्ला समिति रोल्पाको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सेक्रेटरी तथा कार्यक्रमका प्रमुख अतिथि दिनेश चन्द मानवले सम्बोधन गरेका थिए । उनले नयाँ कार्यसमितिलाई बधाई समेत ज्ञापन गरेका थिए ।

विशिष्ट अतिथिमा जनपत्रकार संगठन नेपाल केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सम्मेलन समितिका संयोजक दिपेश बिष्ट र नेपाल पत्रकार महासंघ शाखा रोल्पाका वर्तमान अध्यक्ष नविन लोचन मगर, अन्य अतिथिहरु नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष काँसीराम डाँगी, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष खेम बुढा, निवर्तमान अध्यक्ष मानसिङ विक, पोष्टपाटी डटकमका प्रबन्धक निर्देशक केवी गुरुङ, अखिल नेपाल शिक्षक संगठनका रोल्पा जिल्लाका उपाध्यक्ष गोपाल ओली, प्रेस युनियन रोल्पाका सभापति लोकेन्द्र चन्द, दलित पत्रकार संग रोल्पाका सचिव रेशम विक, हेल्थकेर पत्रकार समाजका अध्यक्ष माधव कुमार वली, जन आकांक्षा साप्ताहिक रोल्पाका प्रतिनिधि मिनराज रोका, सामुदायिक रेडियो मालाश्रीका प्रतिनिधि राजेश समर्पण नेपाली, गंगादेव गाउँपालिका प्रेस संयोजक अशोक वली परिवर्तन लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

रोल्पा जिल्लामा विभिन्न संगठनमा आवद्द पत्रकारका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो भने उद्घाटन समारोहको सभापतिमा सम्मेलन आयोजक समितिका संयोजक हर्क बहादुर घर्ति रहेका थिए भने उद्घाटन समारोहलाई चित्र झाँक्री मगरले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :