महासचिव विप्लवद्वारा रामशरण महर्जनप्रति श्रद्धाञ्जली

महासचिव विप्लवद्वारा रामशरण महर्जनप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेकपाका महासचिव विप्लवले नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य रामशरण महर्जनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । ललितपुर महानगरपालिका २८ हरिसिद्धि निवासी महर्जनको बिहीबार बिहान ४ बजे नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

महासचिव विप्लवले बिहीबार शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य तथा क्रान्तिकारी आन्दोलनका महत्वपूर्ण व्यक्तित्व, सामाजिक अभियन्ता ललितपुर महानगरपालिका २८ हरिसिद्धि निवासी रामशरण महर्जनको आज २०७८ साल भदौ १० गते बिहान ४ः०० बजे नर्भिक अस्पतालमा उपचारकै क्रममा भएको निधनले हाम्रो पार्टीलाई दुःखी बनाएको छ । मृतक रामशरण महर्जनप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’ शोक वक्तव्यको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :