जनसंगठन तथा जनसेवा अभियान सिन्धुपाल्चोक र दोलखामा तीब्र

जनसंगठन तथा जनसेवा अभियान सिन्धुपाल्चोक र दोलखामा तीब्र

नेपाल कम्युनिष्ट पार्टीको जनसंगठन तथा जनसेवा अभियान दोलखा र सिन्धुपाल्चोकमा तीब्र पारिएको छ ।

यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले जनसंगठन तथा जनसेवा अभियान अन्तर्गत लिशंखु गाउँपालिकाको ठूलोधादिङको वडा नम्बर १ मा भेला सम्पन्न गरेको छ । भेलाले युवराज लामाका नेतृत्वमा १३ सदस्यीय वडा कमिटी निमार्ण गरेको छ । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सिन्धुपाल्चोक सेक्रेटरी युगीनले नवगठित कमिटीलाई बधाई तथा शुभकामनासहित पार्टीको विधान तथा सपथ गराई राजनैतिक वैचारिक प्रशिक्षण दिएका छन् । कार्यक्रमको सञ्चालन युवा संगठन नेपालका सुमनले गरेका थिए ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टीको दोलखा जिल्ला समिति अन्तरगत मेलुङ गाउँपालिका वडा नं. २ को प्रशिक्षणसहित वडा भेला बुधबार सम्पन्न भएको छ । भेलाबाट जनक खड्का सक्रेटरी रहेको २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । त्यसैगरी सरिता कार्कीको नेतृत्वमा ३ सदस्यीय महिला वडा कमिटी गठन गरिएको छ । धन बहादुर खड्काको संयोजकत्वमा ३ सदस्यीय किसानको वडा कमिटी गठन भएको छ । साथै युवा संगठन नेपालको युबराज कार्कीको संयोजकत्वमा ७ सदस्यीय वडा कमिटी गठन गरिएको छ । उक्त भेलामा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी आकाश शर्माले सरकारसँग गरेको ३ बुँदे सहमति कार्यन्वयन, वैज्ञानिक समाजवादको लागि जनमत संग्रह गर्नुपर्ने भन्दै भेलाका सहभागीलाई प्रशिक्षणसहित नवगठित कमिटीलाई बधाई तथा शुभकामाना दिए । भेलाको सञ्चालन अखिल (क्रान्तिकारी) मेलुङ गाउँपालिका संयोजक युवराज कार्कीले गरेका थिए । कार्यक्रममा अथितिहरु सोम पाख्रिन र विशाल जिरेलले पनि बधाई तथा शुभकामाना मन्तव्य दिएका थिए ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीको दोलखाले मेलुङ गाउँपालिकाकै वडा नं. १ मा प्रशिक्षणसहित वडा भेला सम्पन्न गरेको छ । भेलाले कुमार उप्रेती सक्रेटरी रहेको ११ सदस्यीय वडा कमिटी गठन गरेको छ । उर्मिला बुढाथोकीको नेतृत्वमा ३ सदस्यीय महिला वडा कमिटी गठन भएको छ । कृष्ण लकाईलाई किसनको वडा संयोजक तोकिएको छ । भेलाको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी आकाश शर्माले सरकारसँग गरेको ३ बुँदे सहमति कार्यन्वयनमा जोड दिदै वैज्ञानिक समाजवादको लागि जनमतसंग्रह गर्नुपर्ने भन्दै भेलाका सहभागीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य गोपाल उप्रेतीले गरेका थिए । अथितिहरु सोम पाख्रिन र विशाल जिरेलले बधाई तथा शुभकामाना मन्तव्य दिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :