नेकपाद्वारा तुलसीपुर खानेपानी संस्थाको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

नेकपाद्वारा तुलसीपुर खानेपानी संस्थाको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

दाङ : नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उप–महानगर कमिटीले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा भइरहेको विविध गतिविधिप्रति आफ्नो जनप्रिय पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

तुलसीपुर उप–महानगर इन्चार्ज/सेक्रेटरी विकाशद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “संस्थाको प्रगतिमा कुनै बाधा वा हिनामिना भएको छ भने साधारण सभामा प्रष्ट रुपमा राख्नुपर्ने र आलोचना गर्नुपर्ने हुँदाहुँदै पनि आन्तरिक रुपमा संस्थाको छलफल र बैठकबाट हल गर्नुपर्ने विषयहरूमा कार्यसमितिका सदस्यहरूबाट कुनै छलफल नगर्ने तर संस्थाकै विरुद्धमा लागेका केही व्यक्तिहरूसँग मिलेर अख्तियारदेखि अदालतसम्म धाउने प्रवृतिको हामी घोर निन्दा एवम् भत्र्सना गर्दछौँ ।”

साथै विज्ञप्तिमा संस्थाको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि सबै राजनीतिक दल, स्थानीय सरकार, सरोकारवाला निकाय र उपभोक्ताहरू बीचमा सर्वपक्षीय छलफल गरि निकास निकाल्न पनि आग्रह गरिएको छ । त्यस्तै संस्थालाई राजनीतिक दलको क्रिडास्थल नबनाउनसमेत विज्ञप्तिमा आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :