पेट्रोलियम पदार्थ मुल्य बृद्धि विरुद्ध अखिल (क्रान्तिकारी) म्याग्दीद्वारा प्रदर्शन

पेट्रोलियम पदार्थ मुल्य बृद्धि विरुद्ध अखिल (क्रान्तिकारी) म्याग्दीद्वारा प्रदर्शन

पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरुद्ध अखिल (क्रान्तिकारी) म्याग्दीले मंगलबार बेनीमा प्रदर्शन गरेको छ ।
अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यक्रमअनुसार पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा विरोध र्यालीसहित विरोध प्रदर्शन गरेको छ ।

र्याली पश्चात भएको विरोधसभालाई अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा धौलागिरी संयेजक सुरेन्द्र बस्नेतले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले पेट्रोलियम पदार्थको मुल्य बृद्धि यथाशिघ्र खारेज गर्न माग गरे । नेपाल सरकार र आयल निगमलाई चुनौती दिदै मुल्य बृद्धि समायोजन नभए कडा संघर्षमा उत्रिने र  सम्बन्धीत जिम्मेवारी महङ्गी निम्त्याउन राज्य हुने बताए ।

कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) म्याग्दी जिल्ला सचिव ज्वालाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :