अखिल (क्रान्तिकारी) द्वारा पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध विरोध प्रदर्शन

डोटी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) डोटीले जिल्लाको सिलगढीमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा विरोध प्रदर्शन गरेको छ । हिजो आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै उक्त कार्यक्रम अखिल क्रान्तिकारीको केन्द्रीय कार्यक्रम अनुसार आज गरेको हो ।

विरोध प्रदर्शनमा बोल्दै अखि (क्रान्तिकारी) डोटी संयोजक प्रकाश कठायतले बृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य तुरुन्त फिर्ता लिनुपर्ने नत्र भने कडा आन्दोलनको सिर्जना गर्ने र यसको परिणाम सरकारले नै भोग्नुपर्ने बताए । उनले बेलाबेला यसरी सरकारले गरीब निमुखा सर्वहारा वर्गको ढाड सेक्ने गरी बढाएको मूल्य बृद्धि न्यायोचित नरहेको बताउँदै यस विषयमा हाम्रो पार्टी सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले यो निर्णयलाई तुरन्त फिर्ता गरी जनताको हितका लागि काम गर्न सरकारलाई अपिल पनि गरे । साथै यी समग्र समस्या यो दलाल संसदीय व्यवस्था रहेको बताउँदै यसको विकल्प हाम्रो पार्टीले भनेको वैज्ञानिक समाजवाद रहेको उनको भनाई थियो ।

दिपक भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा जिल्लाका अरू सदस्यहरू सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :