अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) लमजुङको बैठक सम्पन्न

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) लमजुङको बैठक सम्पन्न

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) लमजुङको जिल्ला विस्तारित बैठक सम्पन्न भएको छ ।
महासंघका जिल्ला अध्यक्ष हरि दवाडीको अध्यक्षता तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरि श्रेष्ठको प्रमुख आतिथ्यतामा बसेको ७ बुँदे प्रस्ततवना पास गरेको छ ।

कोरोनाको बेला राज्य संवेदनशिल हुनुपर्ने ठाउँमा उल्टै भ्रष्टाचार, कालोबजारीमा लिप्त भइ आफ्नो लुटको स्वर्ग संसदीय व्यवस्था बचाइराख्न तल्लीन रहेको भन्दै त्यसको महासंघले घोर भत्र्सना गरेको छ ।

यसैगरी बैठकबाट कोरोना भ्याक्सिन किसानलाई तुरुन्त लगाइयोस्, कोरोना संक्रमित किसानको निशुल्क उपचार गरियोस्, कोरोनाको कारण बिहान के खाउँ बेलुका के खाउँ भइरहेको बेला ढाड सेक्ने गरी बढाइएको कालोबजारी तुरुन्त रोकियोस्, किसानका उत्पादन सहज र सरल रुपमा बिक्रिवितरण गर्ने व्यवस्था मिलाइयोस्, मल, बिउ, औषधी, दाना, सिचाइ र बजार व्यवस्थापन किसानलाई सर्वसुलभ र सहज ढंगले मिलाइयोस्, राज्यले दिने कृषि अनुदान झोले किसानको अन्त्य गरी वास्तविक किसानलाई सहज ढंगले दिइयोस् लगायतका प्रस्तावनामा पास गरेको छ ।

बैठकको विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी आक्रोश, किसान संगठनका महासचिव सागर अर्याल लगायतको सहभागिता रहेको विस्तारित बैठकले जिल्ला कमिटी सदस्य थप गरी १७ सदस्यीय बनाएको एक विज्ञप्ती जारी जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :