जनपत्रकार सङ्गठन नेपाल डडेल्धुराको प्रथम भेला सम्पन्न

जनपत्रकार सङ्गठन नेपाल डडेल्धुराको प्रथम भेला सम्पन्न

डडेल्धुरा : जनपत्रकार सङ्गठन नेपाल डडेल्धुराको प्रथम भेला सम्पन्न भएको छ । मङ्गलबार सम्पन्न भेलाले मनोज रावतको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

उक्त भेलाको प्रमुख आतिथ्यतामा जनपत्रकार सङ्गठन नेपाल सुदूरपश्चिम प्रदेश समितिका संयोजक प्रकाश थापा, विशिष्ट अथितिमा नेपाल कम्युनिस्ट पार्टी डडेल्धुराका सचिव टिका राना ‘बिजय’ उपस्थित थिए । कार्यक्रमको सभाध्यक्षता जनपत्रकार सङ्गठन डडेल्धुराका संयोजक मनोज रावतले गरेका थिए ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रकाश थापाले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । त्यस्तै नेकपाका जिल्ला सेक्रेटरी टिका राना ‘बिजय’ ले पछिल्लो समय पत्रकारहरूले गरिब र उत्पीडित जनताका गुनासा र पिडा सुन्नमा कमि आएको बताए । उनले त्यसैले श्रमिक र उत्पीडित वर्गको हितमा जोरदार रुपले कलम चलाउन पत्रकारहरूलाई आग्रहसमेत गरे ।

भेलामा नेपाल कम्युनिस्ट पार्टी डडेल्धुराका जिल्ला स्तरीय नेता बसन्त, रोचक, गणेश, शिशिर लगायतका स्थानीय कार्यकर्ताको बाक्लो उपस्थितिमा सम्पन्न भएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :