विश्वभर १८ करोड ९२ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भए

विश्वभर १८ करोड ९२ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भए

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १८ करोड ९२ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ५ लाख ३ हजार ८६२ जना सङ्क्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको सङ्ख्या १८ करोड ९२ लाख ४८ हजार ९५१ पुगेको हो । यस्तै पछिल्लो २४ घन्टामा विश्वभर ६ लाख ७५ हजार ८५४ जनामा सङ्क्रमण भएसँगै विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या २१ करोड १४ लाख ८६ हजार ७४५ पुगेको छ ।

त्यसैगरी शनिबार बिहानसम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको सङ्ख्या ४४ लाख २६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ९ हजार ९६० जनाको ज्यान गएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ४४ लाख २६ हजार ४९२ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ७८ लाख ११ हजार ३०७ रहेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार उपचार गराइरहेकामध्ये १ लाख ९ हजार ८ जनाको अवस्था गम्भीर रहेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझैँ महामारी नियन्त्रणमा आउन सकेको छैन । बहुसङ्ख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा सङ्क्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख ४७ हजार २१३ जनामा सङ्क्रमण भएको छ भने थप १ हजार ५९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ४२ हजार २८१ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ७३ हजार ६५८ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने सङ्क्रमण घटेको छ । दैनिक ४ लाखसम्म सङ्क्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार सङ्क्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा शनिबार बिहानसम्म ४ लाख ३३ हजार ९९८ सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :