नेकपा मकवानपुरद्वारा जमुनाप्रति श्रद्धाञ्जली अर्पण

नेकपा मकवानपुरद्वारा जमुनाप्रति श्रद्धाञ्जली अर्पण

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले टोल कमिटीका सह–सेक्रेटरी रमेश प्रजाकी श्रीमती जमुनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । हेटौँडा उप–महानगरपालिका १६ स्थित टोल कमिटीका सह–सेक्रेटरी रमेश प्रजाकी श्रीमती अनेम सङ्घ वडा नम्बर १६ का संयोजक जमुना २८ वर्षको उमेरमा साउन २६ गते भएको असामयिक निधनप्रति मकवानपुर पार्टीले दुःख व्यक्त गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयन, जिल्ला सेक्रेटरी वाटर, अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलान, अनेम सङ्घ मकवानपुरका जिल्ला सदस्य अनिषा सहितको उपस्थितिमा भएको श्रद्धाञ्जली सभा कार्यक्रममार्फत जमुनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् । उहाँको असामयिक र अकल्पनीय निधनले परिवार, आफन्तजनका साथै समग्र मकवानपुर पार्टी नै दुःखी बनाएको कुरा बताउँदै जिल्ला इन्चार्ज नयन र सेक्रेटरी वाटरले शोकाकुल परिवारजनप्रति भावपूर्ण समवेदना प्रकट गरेका छन् । साथै हरेक असहज परिस्थिति र घटनाक्रमलाई प्राकृतिक वा वैज्ञानिक दृष्टिकोणले हेरी त्यसको सामना गर्दै आफ्नो वर्गको मुक्तिका लागि निरन्तर क्रान्तिको यात्रामा अघि बढ्न ढाडस समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :