बुद्धिजीवी सङ्गठनद्वारा कँडेलप्रति श्रद्धाञ्जली

बुद्धिजीवी सङ्गठनद्वारा कँडेलप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले सङ्गठनका पूर्वअध्यक्ष टीकाप्रसाद कँडेलका बुबा जीवनारायण कँडेलप्रति श्रद्धाञ्जली प्रकट गरेको छ । सङ्गठनका संयोजक व्यापक नेपालीले बिहीबार श्रद्धाञ्जली वक्तव्य प्रकाशित गरी मृतक जीवनारायणप्रति श्रद्धाञ्जली प्रकट गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन् ।

संयोजक नेपालीद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘यस सङ्गठनका पूर्वअध्यक्ष टीकाप्रसाद कँडेलका पूजनीय पिता श्री जीवनारायण कँडेलको निधनले हामीलाई मर्माहत बनाएको छ । यो दुःखद् अवस्थामा उहाँका परिवारजनप्रति समवेदनासहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै कँडेल परिवारले श्रमजीवी वर्गको राजनीतिक हकअधिकारका लागि गरिरहनुभएको अमूल्य योगदानप्रति उच्च सम्मान प्रकट गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :