नेकपा रसुवाद्वारा पहिरोमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा रसुवाद्वारा पहिरोमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त

रसुवा : नेपाल कम्युनिष्ट पार्टी रसुवाले गएरातिको अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्‍यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी रसुवाका जिल्ला सेक्रेटरी विराजले एक शोक वक्तव्य जारी गरी मृत्‍यु हुने नौकुण्ड गाउँपालिका ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशिष गलानप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइते श्याम बहादुर गलानको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै मृतक परिवारप्रति सम्बद्ध निकायले उचित राहत र क्षेतीपूर्ति समयमा नै प्रदान गर्न जोडदार माग गर्दै घाइते श्याम गलानको निशुल्क उपचारको सुनिश्चता गर्न आग्रह गरेका छन् ।

अझैपनि वर्षादको समयमा जिल्लामा भैरहेका विभिन्न प्राकृतिक प्रकोपबाट हुने खतरा नटरिसकेकाले हुँदा सो प्रकोवबाट सचेत रहन आम जनसमुदायलाई अनुरोध गर्दै नियमनकारी निकायले सो सम्बद्धका पूर्व सचेतीकरण, तयारी र समन्वय तथा सहयोग अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :