नेकपा उदयपुरगढी गाउँपालिका कमिटीको भेला तथा प्रशिक्षण सम्पन्न

नेकपा उदयपुरगढी गाउँपालिका कमिटीको भेला तथा प्रशिक्षण सम्पन्न

उदयपुरको ऐतिहासिक ठाउँ उदयपुरगढीमा शान्ति, स्वाधीनता र समृद्धिको लागि संयुत्त प्रगतिशील सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवाद भन्ने नारासहित नेपाल कम्युनिस्ट पार्टीको उदयपुरगढी गाउँपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलाको अध्यक्षता उदयपुरगढी गा सेउँपालिका कमिटी सेक्रेटरी जित बहादुर मगरले गरेका थिए भने प्रमुख अतिथि पार्टीका जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले गरेका थिए ।

सोही क्रममा पार्टी ध्रुबीकरणको कार्यक्रम समेत राखिएको थियो । विभिन्न संसदीय पार्टी परित्याग गरि सात जना नेपाल कम्युनिस्ट पार्टीमा ध्रुबीकरण भएका छन् । ध्रुबीकरणमा माओवाद केन्द्रबाट डिग बहादुर भुजेल, ओबिन्द्र मगर, एमालेबाट ढक बहादुर मगर, हरि कोइराला र सम्बर तामाङ, नेपाली काङ्ग्रेसबाट बाबुराम भुजेल र निशान नेपाली ध्रुवीकृत भएको पालिका सेक्रेटरी जित बहादुर मगरले जनाए ।

साथै भेलाले जित बहादुर मगरको नेतृत्वमा २७ सदस्यीय कमिटी निर्माण गरेको छ । भेलालाई प्रशिक्षित गर्दै प्रमुख अतिथि लक्ष्मण पौड्यालले नेपाली राजनीतिमा उदयपुरगढीको महत्वपूर्ण भूमिकासहितको इतिहास रहेको बताए । फेरि एक पटक त्यो विरासतसहित नयाँ ढंगले एकताबद्ध हुनुपर्ने आवश्यकता रहेकोले त्यो आवश्यकता उदयपुरगढीले पुरा गर्नुपर्ने उनले बताए । नेपालमा भएको पटक पटकको संघर्षले प्राप्त गरेको उपलब्धि नेताहरुले रद्दीको टोकरीमा फालिएको कारण क्रान्ति अधुरो रहेको बताए । प्रचण्ड र बाबुरामले वर्गसंघर्षमार्फत संसदीय व्यवस्थाको अन्त्यको लागि जुन वर्ग र सत्ताको विरुद्ध लडाइ थियो उनीहरुसँगै घाटी मिलाउन पुगेकोका कारण क्रान्ति रहेको अपुरो रहेको उल्लेख गरे । अहिले सम्पूर्ण हिसाबले संसदीय पुजीवादी व्यवस्था फेल भएको पुष्टि भएकोले अब त्यसको विकल्पमा अनिवार्य रुपमा वैज्ञानिक समाजवादमा जानुपर्ने र त्यो दिशामा समग्र जनता लाग्न जोड दिए ।

पार्टी सरकारसँग तीन बुँदे सहमतिपछि खुल्ला परिवेशमा आएयता केहि राजनीतिक दल र तिनका नेताकार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीप्रति भ्रम सिर्जना गर्दै हिडेको भन्दै उनले कोही पनि भ्रममा नपर्न र भ्रम सिर्जना गर्नेलाई समेत यस्तो हर्कत बन्द गर्न सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :