नेकपाको जन भेटघाट तथा छलफल तिब्र

नेकपाको जन भेटघाट तथा छलफल तिब्र

सुर्खेत : सङ्गगठन बिस्तार तथा जनसम्बन्ध सुदृढ अभियान सफल पारौँ ! वैज्ञानिक समाजवादको पक्षमा जनमत सिर्जना गरौँ !! भन्ने मुल नाराकासाथ नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले जिल्लाका सबै स्थानीय तहका वडाहरूमा जनभेला छलफल अन्तरक्रियाहरूलाई तिव्रता दिएको छ । यसैक्रममा सुर्खेतको चिङ्गाढ गाउँपालिका वडा नम्बर–१ को खालिखर्क टोलमा टोल भेला, छलफल र अन्तरक्रिया सम्पन्न गरिएको छ ।

जनताका जिज्ञासा, राय–सल्लाह, सुझाव, टिप्पणीसहित अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा बोल्दै नेकपा सुर्खेतका जिल्ला सदस्य एवम् चिङ्गाढ गाउँपालिका इञ्चार्ज सञ्जिबले ‘देश र जनताको मुक्ति विना जन अधिकार, जनजिविका, राष्ट्रिय स्वाधिनताको ग्यारेन्टी सहितको दिगो शान्ति र सम्बृद्धि असम्भव रहेको र त्यसका लागि प्रगतिशील संयुक्त सरकारको गठन गरी “वैज्ञानिक समाजवाद कि संसदीय दलाल पुँजीवाद ?” भन्ने बिषयमा जनमतसङ्ग्रहको आयोजना गरी एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्नु एक मात्र अग्रगामी विकल्प जनता सामु आएकोले जनता जाग्नुपर्ने र देशलाई शान्तिपूर्ण तरिकाले आमूल परिवर्तन गर्ने तर्फ लाग्नुपर्ने बेला आएको छ’ भने । उक्त भेला प्रेमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :