१४ वर्षकी बालिकाको हत्या गर्नेलाई कडा कारबाही गर्न नेकपा सर्लाहीको माग

१४ वर्षकी बालिकाको हत्या गर्नेलाई कडा कारबाही गर्न नेकपा सर्लाहीको माग

नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले लालबन्दी नगरपालिका १७ रानीगन्जकी १४ वर्षिया बालिका प्रियंका भुजेलको हत्यारा गर्ने अपराधीलाई यथाशिघ्र कारबाही गर्न माग गरेको छ ।

१४ वर्षिया भुजेलको जघन्य, अमानवीय हत्या भएको र उनको शव घरदेखि ३ किलोमिटर टाढा कालिन्जोर खोलामा गाडेको अवस्थामा फेला परेको भन्दै दोषीलाई हदैसम्मको कार्बाही गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी सर्लाहीले विज्ञप्ति जारी गरेको छ ।

नेकपा सर्लाही जिल्ला सेक्रेटरी कमल सुस्लिङले जारी गरिएको विज्ञप्तीमा भनिएको छ, – १४ वर्षिया किशोरीमाथि भएको जघन्य, अमानवीय घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाको जतिसुकै निन्दा गरे पनि कम हुन्छ । अतः हाम्रो पार्टी घटनाको निष्पक्ष छानबिन गरी यस्ता प्रकारका जघन्य अपराधमा संलग्न अपराधीहरूलाई कडा भन्दा कडा सजायको माग गर्दछ । मृतक भुजेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :