नेकपा चौरजाहारी नगर समितिको बैठक सम्पन्न

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी चौरजहारी नगर समितिको बैठक मङ्गलबार सम्पन्न भएको छ ।

नेकपा चौरजाहारी नगर समितिले जानकारी दिए अनुसार पार्टीका सबै कार्याकर्ता उत्पादनमा जोडिनुपर्ने, चौरजहारी नगरमा सङ्गठात्मक अभियान सञ्चालन गर्नुपर्ने, लागु औषध दुर्वेशनबाट मुक्त गर्न विभिन्न कार्याक्रम सञ्चालन गर्नुपर्ने, चौरजहारी नगर स्तरीय प्रशिक्षण कार्याक्रम १० भदौमा गरिने वडा कमिटी बैठकहरू र जबसका बैठकहरू तत्काल गर्नुपर्ने निर्णय भएको जानकारी दिएको छ ।

नगर सेक्रेटरी गम्भीर बिकको अध्यक्षतामा पार्टी जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाको प्रमुख अतिथिमा सम्पूर्ण नगर सदस्यको उपस्तिथिमा नगर समितिको बैठक सम्पन्न गरिएको सेक्रेटरी गम्भीर बिकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :