भ्रष्ट वडा अध्यक्षलाई कारवाही गर्ने शिव र प्रकाश रिहा

भ्रष्ट वडा अध्यक्षलाई कारवाही गर्ने शिव र प्रकाश रिहा

रुकुम पश्चिम : सानो भेरी गाउँपालिकामा ८ का अध्यक्ष सशिराम बुढाथोकीलाई भष्टाचार गरेको प्रमाणसहित नेकपा रुकुम (पश्चिम) सानोभेरी गाउँ समितिले कारवाही गरेपछि कारवाहीमा संलग्नको आरोपमा गिरफ्तार परेका  युवा सङ्गठन नेपाल रुकुम (पश्चिम) का चौथो जिल्ला सम्मेल आयोजक समिति सदस्य शिव बिक र सिस्ने जनसांस्कृतिक परिवार रुकुम (पश्चिम) का संयोजक प्रकाश बिक २४ दिन पछि जिल्ला अदालत रुकुम (पश्चिम) को आदेशमा  शिब विक  १५,००० र प्रकाश बिक १०,००० हजार धरौटीमा रिहा भएका छन्।

सानो भेरी गाउँपालिकामा ८ का अध्यक्ष सशिराम बुढाथोकीलाई छहरे सिचाई आयोजना समितिबाट तीन लाख र बाख्रा खोर निर्माणबाट ५० लाख हिनामिना गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले जुत्ता–माला कालोमोसो लगाएर कारवाही गरेको थियो ।

हिरासतबाट छुटे लगतै जिल्ला पार्टी सचिवालय सदस्य मोतरीाम खड्का अखिल (क्रान्तिकारी) निवर्तमान अध्यक्ष प्रेम प्रशान्त बोहोरा, युवा सङ्गठन नेपाल रुुकुम पश्चिमका चौथो जिल्ला सम्मेलन आयोजक समिति संयोजक बिबेक लगायत नेकपाका नेता कार्यकर्ताले नेकपा रुकुम (पश्चिम) को सम्पर्क कार्यालयमा खादा र अविर सहित  स्वागत गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :