९ बुँदे सहमतिपछि शिक्षा इकाईको ताला खुल्यो

९ बुँदे सहमतिपछि शिक्षा इकाईको ताला खुल्यो

बर्दियाः अखिल (क्रान्तिकारी) बर्दियाले शैक्षिक क्षेत्रको सुधारको लागि विभिन्न माग राखि शिक्षा विकास तथा समन्वय इकाई बर्दियामा लगाएको ताला ९ बुँदे सहमति पछि खुलेको छ ।

विद्यर्थी संगठनले शैक्षिक सुधारको लागि विभिन्न १८ बुँदे माग राखि केही दिन अघि समन्वय इकाईमा तालाबन्दी गरेको थियो ।
बिहीबार भएको वार्तापछि शैक्षिक सुधारका लागि राखिएका अधिकाँश मागहरु पुरा गर्ने प्रतिवद्धतापछि ताला खुलाइएको अखिल (क्रान्तिकारीी बर्दियाले जनाएको छ । समन्वय प्रमुख रेविका अमात्य र विद्यार्थी संगठनका नेताहरुको वार्तापछि ९ बुँदे सहिमति भएकाले ताला खोलिएको अखिल (क्रान्तिकारी)का नेताहरुले बताएका छन् ।

वार्तामा बर्दिया जिल्ला प्याप्सनका अध्यक्ष तेजनाथ पौडेल, एन प्याप्सनका बर्दिया जिल्ला अध्यक्ष बुध्द गिरी, नगरपालिका÷गाउँपालिका शिक्षा शाखा प्रमुखहरु लगायतका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । उनीहरुले पनि सहमति कार्यान्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

वार्तामा अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका केन्द्रिय सदस्य प्रेम शाही, संगठनका बर्दिया जिल्ला इन्चार्ज लोकेश राज जोशी, बर्दिया जिल्ला अध्यक्ष हरि प्याकुरेल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :