अखिल क्रान्तिकारीद्वारा प्रज्वल स्मारिका पुस्तक सार्वजनिक

अखिल क्रान्तिकारीद्वारा प्रज्वल स्मारिका पुस्तक सार्वजनिक

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) CTEVT उपत्यका जिल्ला समितिको बार्षिक प्रकाशनको पहिलो अङ्क सार्वजनिक भएको छ । एकीकृत जनक्रान्तिका सहिद प्रज्वल शाहीको सम्झना तथा सम्मानमा समर्पण ‘प्रज्वल’ नामक पुस्तकमा उहाँको जिवनी, सङ्गठनको सातौँ जिल्ला सम्मेलनमा प्रस्तुत राजनैतिक प्रतिवेदन, बिभिन्न गतिविधिहरूको फोटोहरू महत्वपूर्ण लेख रचना आदि समावेस गरिएको छ ।

काठमाण्डौँको एक कलेजको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) CTEVT उपत्यका जिल्ला समितिका अध्यक्ष डिबी चन्दले गरेका थिए । सङ्गठनका सचिव प्रजित बिकले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष लक्ष्मण बिकले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए ।

CTEVT उपत्यका जिल्लाको प्रकाशन ‘प्रज्वल’ सार्वजनिक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सचिवालय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि सन्तोष बुढा ‘बिषम’ ले हालको आयातित शिक्षा पद्धतिद्वारा नेपालको कुनैपनि समस्याको हल नहुने बताउँदै शिक्षा जीवन बन्नुपर्ने र हाम्रो हातमा राज्यसत्ता आएपनि प्रमुख त शिक्षानै हुने र वैज्ञानिक समाजवादी शिक्षाको बिकाससँगै तमामखाले बिभेदहरूको पनि अन्त्य हुने बताए । उनले CTEVT उपत्यका जिल्लाको प्रकाशन पठनयोग्य रहेको भन्दै बधाई एवम् शुभकामनासमेत दिए ।

कार्यक्रममा सङ्गठनका महासचिव तथा कार्यक्रमका विशेष अतिथि प्रकाश शाहीले वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि सङ्गठनले आन्दोलनको आँधीबेहरीको सिर्जना गर्ने र त्यसको सम्पूर्ण नेतृत्व मुलत पार्टीले नै गर्नुपर्ने बताए । उनले २१ औँ सदिका युवा विद्यार्थीहरूले समाजवादी शिक्षाका लागि खोज र अनुसन्धानसँगै जीवन उपयोगी शिक्षाको विकास गर्नुपर्ने बताए । साथै शाहीले प्रकाशनका लागि बधाई एवम् निरन्तरताको शुभकामना पनि व्यक्त गरे । त्यसैगरी कार्यक्रममा सङ्गठनका सचिवालय सदस्य मिलन राई र मुकुन्द श्रेष्ठ साथै केन्द्रीय सदस्य मदन चन्दले बधाई मन्तव्य दिएका थिए ।

अन्त्यमा कार्यक्रमका अध्यक्ष तथा CTEVT उपत्यका जिल्ला समितिका अध्यक्ष डिबी चन्दले प्रकाशनको मुल भावलाई स्पस्ट पार्दै सहिद प्रज्वलले देखाएको बाटोमा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै प्रकाशनमा सहयोग पुर्याउने सम्पूर्णलाई र अतिति तथा उपस्थित सम्पूर्णलाई आभार तथा धन्यवादसहित कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :