नेकपा कालिकोटको वडा स्तरिय प्रशिक्षण सम्पन्न

नेकपा कालिकोटको वडा स्तरिय प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी कालिकोट अन्तरगत राष्कोट नगर कमिटीको वडा नं. ६ मा वडा स्तरिय प्रशिक्षण कार्यकम सम्पन्न भएको छ ।  वडा इन्चार्ज निर्देशन सुनारको अध्यक्षता जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदिपको प्रमुख आतिथ्यता, जिल्ला सल्लाहकार संयोजक छत्र बहादुर बम, जिल्ला कमिटी नन्द बहादुर विक, युवा संगठन नेपालका ब्युरो सदस्य भूकुम्प, सबै राष्कोट अन्तरगतका वडा इन्चार्जहरुको आतिथ्यतामा सम्पन्न कार्यकममा ६ नं. वडाका सबै पार्टी सदस्यहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यकमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रणदिपले वर्तमान व्यवस्था भनेको लुटेरा, ठग, दलाल र राष्ट«घाती भष्टहरुको व्यवस्था भएकोले श्रमजीवि जनताको व्यवस्था वज्ञानिक समाजवादी व्यवस्थाका निम्ति जनमतसंग्रह अनिवार्य भएको धारणा राखे । यदी जनमत संग्रहको निर्वाचन गर्न वर्तमान सरकार र पार्टीहरु तयार नभए आन्दोलनको आँधीबेहरी सृजना हुने धारणा पनि राखे । वर्तमान संकटको सामधानको एजेण्डा जनमतसंग्रह र वैज्ञानिक समाजवादबारे जनतालाई स्पष्ट पार्न रातदिन खटेर लाग्न कार्यकर्तालाई निर्देशन दिए । योबेला भनेको लोवी पापीहरु साइड लाग्ने र इमान्दारहरु गोलबन्द हुने बेला भएकोले ध्रुबीकरणलाई विशेष जोड दिएर लाग्न अपिल गरे ।

उक्त कार्यकममा वडा कमिटी गठन समेत गरिएको पार्टीका जिल्ला कमिटी सदस्य निर्देशन सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :