नेकपाको हेटौंडामा संयुक्त जिल्ला स्तरिय स्कुलिङ कार्यक्रम सुरु

नेकपाको हेटौंडामा संयुक्त जिल्ला स्तरिय स्कुलिङ कार्यक्रम सुरु

मकवानपुरः नेपाल कम्युनिस्ट पार्टीको संयुक्त जिल्ला समितिद्वारा हेटौंडामा आयोजित संयुक्त जिल्ला स्तरिय स्कुलिङ कार्यक्रम एक उद्घाटन सत्रमार्फत शुक्रबारदेखि सुरु भएको छ ।

उद्घाटन सत्रमा केन्द्रिय स्कुलिङ्ग विभाग प्रमुख तथा स्कुलिङ्ग कार्यक्रमका प्रमुख प्रशिक्षक एवम् पार्टीका केन्द्रीय सदस्य भेषराज भुषालको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टीका केन्द्रीय सदस्य तथा बारा पर्सा जिल्ला इन्चार्ज गुणराज लोहनी, केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयन र अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाको आतिथ्यता रहेको थियो ।

गुणराज लोहनीको अध्यक्षता रहेको उद्घाटन सत्रमा मकवानपुरका जिल्ला इन्चार्ज नयनले स्वागत मन्तव्य राखेका थिए भने खेम थपलियाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य  लालबहादुर बिसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :