अखिल (क्रान्तिकारी) द्वारा एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन

गोरखा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गोरखाले सरकारद्वारा जारी गर्न लागिएको राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध शुक्रबार गोर्खामा विरोध प्रदर्शन गरेको छ ।

गोरखाको बसपार्कदेखि हरमटारी बजारसम्म राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर ! भन्ने मुल नाराका साथ विरोध प्रदर्शनसहित कोणसभा गर्दै एमसीसी सम्झौता बिरुद्ध र्याली निकालिएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष परियारले राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा पास हुन नदिने र यदि यो दलाल संसदीय व्यवस्थाका दलालहरूले राष्ट्रको हित विपरीत रहेको एमसीसी सम्झौता पारीत गर्न खोजेमा त्यसको विरुद्धमा कडा सङ्घर्षमा उत्रने बताए । साथै परियारले आमजनता र विद्यार्थीहरूको स्वास्थ्यको ग्यारेन्टी लिई तत्काल बढ्दै गइरहेको कोरोना भाइरसको खोप सबैलाई उपलब्ध गराउनसमेत अपिल गरे ।

विरोध प्रदर्शन कार्यक्रममा अखिल (क्रान्तिकारी) गोरखा जिल्लाका अध्यक्ष गगन परियारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) गोरखा जिल्लाका सचिव खिम गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :