भीमदत्त नगर कमिटीद्वारा ओडप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

नेकपाद्वारा दोषीलाई हदै सम्मको कारवाहीको माग

भीमदत्त नगर कमिटीद्वारा ओडप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भीमदत्त नगर कमिटीले कमल ओडप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनहरूमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै उक्त घटनामा सङ्लग्न दोषीलाई हदै सम्मको कारवाहीको माग गरेको छ । इन्चार्ज डम्बरबहादुर विष्ट र सेक्रेटरी दिपेन्द्रसिंह ऐरीले शनिबार प्रेस विज्ञप्ति जारी गरी पछिल्लो दिनहरूमा बढिरहेका हत्याहिंसा र सामाजिक अपराधका घटनाहरूप्रति हाम्रो नगर पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७८ साउन २२ गतेका दिन भिमदत्त नगरपालिकाको वार्ड नम्बर ९ ब्रह्मदेव बस्ने २० वर्षीय युवा कमल ओडको ब्रह्मदेव नजिकै भारतको जङ्गलमा शव भेटिएको छ । पछिल्लो दिनहरूमा बढिरहेका हत्याहिंसा र सामाजिक अपराधका घटनाहरूप्रति हाम्रो नगर पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस घटनाको छिटोभन्दा छिटो सत्यतथ्य छानबिन गरि दोषीलाई हदै सम्मको कारवाहीका लागि कानुनी कटघरामा उभ्याउन जोडदार माग गर्दछौँ । जनताको ज्युधनको रक्षा र समाजमा बढिरहेका विकृति विसङ्गतिहरू जस्तै : जाँड, रक्सी, जुवातास र लागुऔषध पूर्णरुपमा नियन्त्रण गर्न सम्बन्धित निकायलाई सचेत गराउदछौँ । यस घटनामा मृतक युवा कमल ओडप्रति हाम्रो नगर पार्टीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनहरूमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :