कृति बिमोचन तथा छैठौँ साहित्य यात्रा सम्पन्न

कृति बिमोचन तथा छैठौँ साहित्य यात्रा सम्पन्न

सुर्खेत : प्रगतिशील लेखक सङ्घ नेपाल, कर्णाली प्रदेश समितिको आयोजनामा शनिबार वीरेन्द्रनगरमा साहित्यकार रगवीर विश्वकर्माद्वारा लिखित “संशोधनवाद” गजलसङ्ग्रह कृति बिमोचन तथा प्रलेस कर्णाली प्रदेश समितिको छैठौँ साहित्य यात्रा कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथि प्रलेस केन्द्रीय सदस्य डा. दिपक गौतमले कार्यक्रमको समीक्षा गर्दै भने,– ‘खास गरी राजनीतिमा कम्युनिस्ट नाममा गैर कम्युनिस्ट आचरण–व्यवहार अङ्गाल्नु वा देखाउनु र कम्युनिस्टले वर्गसङ्घर्ष त्याग्नु नै संशोधनवाद हो ।’ सोही बिषयलाई गजलकार रगवीर विश्वकर्माले आफ्नो सङ्ग्रहमा स्पष्ट पारे । संशोधनवादी बन्नु बेइमान गरी जनतामाथि अपराध गर्नु जत्तिकै हो । त्यसैले संशोधनवादलाई सबैले चिन्नुपर्छ, हटाउनु पर्छ, संशोधनवादलाई साथ दिनु हुँदैन, साथ दिनु भनेको आफू पनि बेइमानी बन्नु सरह हो ।

कृतिमाथि टिप्पणी गर्दै शिक्षा क्याम्पस सुर्खेतका उप–प्राध्यापक बलभद्र भारतीले संशोधनवाद गजल सङ्ग्रहले संशोधनवादको सम्पूर्ण पक्षको सरल भाषामा उजागर गर्दै संशोधनवादबाट सबै बच्नु पर्ने र क्रान्तिलाई अगाडि बढाउनु पर्ने सुझाव दिए ।

लिलाधर गौतम, जागेश्वर नेपाल, पृथ्वीबहादुर सिंह, पूर्णबहादुर शाही, टिका पोखरेल, मणिकुमार पोखरेल, लक्ष्मणदेव गिरी, सरस्वती गौतम, पर्ब कार्की, कर्णबहादुर बोहोरा, पदम नेपाली लगायत दुई दर्जन साहित्यकारहरूले आ–आफ्नो रचना र मन्तव्य प्रस्तुत् गरिएको कार्यक्रम हरिलाल महताराको सञ्चालन, सिद्ध खड्काको स्वागत मन्तव्य र प्रलेस कर्णाली प्रदेशका उपाध्यक्ष युद्धविक्रम शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :