रामपुरको नगर सम्मेलन तथा संयुक्त प्रशिक्षण सम्पन्न

रामपुरको नगर सम्मेलन तथा संयुक्त प्रशिक्षण सम्पन्न

पाल्पा: नेपाल कम्युनिस्ट पार्टी रामपुरको नगर सम्मेलन सम्पन्न भएको छ । आज रामपुरको बेजाड बजारमा भएको सम्मेलनले लंक बहादुर रानालाई सेक्रेटरीमा चयन गरेको छ । सम्मेलनबाट ११ सदस्यीय कमिटी चयन गरेको छ ।

साथै उक्त कार्यक्रममा संयुक्त प्रशिक्षण पनि राखिएको बताइएको छ । संयुक्त प्रशिक्षण कार्यक्रममा निस्दि गाँउपालिका र रामपुर नगरपालिकाका प्रतिनिधि र परिवेक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अपेक्षा, जिल्ला सचिव प्रभातले प्रशिक्षणमूलक मन्तव्य दिएका थिए ।
उक्त कार्यक्रमको रामपुर नगर र निस्दि गाँउपालिका इन्चार्ज मीन बहादुर आलेले अध्यक्षता गरेका थिए भने कार्यक्रम सञ्चालन अखिल (क्रान्तिकारी) पाल्पा अध्यक्ष लंक बहादुर रानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :