आकाशका चम्किला तारा !

आकाशका चम्किला तारा !

संसार सबैको हो । अझ भन्ने हो भने संसार युवाहरूको हो । अहिले २१ औँ शताब्दीको दुई दशकमा साम्राज्यवादविरुद्ध धावा बोल्ने एउटा शक्ति नेकपाका महासचिव विप्लव हुन् भन्ने अपेक्षा गरिएको छ । उनले विभिन्न चरित्रका राजनीतिक नेताहरूसँग भेटघाट गरिरहेका छ्न् । सङ्कीर्ण भावले पनि परिवर्तन गर्न सकिँदैन । साथसाथै एकपक्षीय भावले पनि क्रान्ति हुन सक्दैन । यो एकीकृत जनक्रान्ति हो । यसैबाट नै राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र जनजीविकाको समस्या समाधान गर्न सकिन्छ । संसदीय व्यवस्थाले यी कुराहरूको समाधान हुन सक्दैन । संसदीय व्यवस्था असफल भैसकेको छ ।

लेखक : झपेन्द्रराज वैद्य

अहिले राष्ट्रियता झन्पछि झन् खस्किरहेको अवस्था छ । हाम्रै देशका दलालमार्फत साम्राज्यवादले हामीमाथि शासन गरिरहेको अवस्था छ । साम्राज्यवादको स्वार्थअनुसार उसका दलालहरू शासन सत्तामा रहेका हुन्छन् । देशको हितभन्दा दलालहरूले साम्राज्यवादकै हितको संरक्षण गरिरहेका हुन्छन् । अहिले हाम्रो देशमा चौतर्फी आक्रमण भैरहेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले कब्जा गरिरहेको छ । यस्तै सुस्तामा भारतले आफ्नो आधिपत्य कायम गरिरहेको छ । यसको संरक्षण गर्न जनताको सरकार आवश्यक हुन्छ । जनक्रान्तिबाट नै जनसरकार आउँछ । फेरि क्रान्ति भन्ने चीज भोजभतेरको कुरा होइन । सङ्कल्प र दृढ इच्छाशक्ति चाहिन्छ । जनताले त परिवर्तन चाहेका छन् तर दलाल र दलालका मालिकहरूलाई देखाउन र पुष्टि गर्न जनमतसङ्ग्रह पनि चाहिएको छ । तिनै दलालहरू र यिनका भरौटेहरूले जनमतसङ्ग्रह संशोधनवादी रणनीति हो भनेर फलाकिरहेका छन् । यसरी शान्तिपूर्ण तरिकाले जाँदा संशोधनवादी भन्छन् भने सीधै क्रान्तिमा जाँदा उग्रपन्थी भनेर चित्कार गर्छन् ।

क्रान्तिको पनि आफ्नो नियम हुन्छ । यो एकनासले जाँदैन । जनमतसङ्ग्रह गरे पनि अन्तिममा त क्रान्ति नै चाहिन्छ । जनताको क्रान्ति प्राण हो । ठाउँठाउँमा जनताले नै सत्ता पल्टाएका हुन्छन् । सबभन्दा ठूलो शक्ति जनता हो । जनमतसङ्ग्रह पनि एउटा शान्तिपूर्ण क्रान्ति हो । सीधा औँलाले घिउ आउँछ भने किन बाङ्गो औँला गराउने ! संसदीय व्यवस्थाले जनता आक्रान्त भएको बेला जनमतसङ्ग्रहले निश्चय नै निकास दिन्छ । दलालहरूले पैसा खर्च गरेर वा प्रशासनसँग मिलेर जनअपेक्षित कुरा बिफल गराउन सक्छन् भन्ने प्रश्न उठ्नसक्छ । जस्तो २०३६ सालमा सामन्तवादले जनमतसङ्ग्रहलाई आफ्नो पोल्टामा ल्याएको थियो । तर अहिले एकीकृत जनक्रान्ति चलिरहेको अवस्थामा क्रान्तिकारीहरू आँखामा पट्टी लगाएर बस्दैनन् । धाँधली भए यसैलाई आन्तिको सुरुआत मानेर जनक्रान्ति हुन्छ । उथलपुथल हुन्छ । त्यसबेला वैज्ञानिक समाजवाद स्थापना हुन्छ । अहिले जनताको अपेक्षा वैज्ञानिक समाजवाद हो । नेकपाको कार्यनीति वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवादबिना शिक्षा, स्वास्थ्यजस्ता जनसरोकारका कुराहरू समाधान हुन सक्दैनन् ।

आफ्नो पाप पखाल्न केपी ओलीले प्रतिबन्ध फुकुवा त गरे तर अझै सयौँ नेता–कार्यकर्ता कारागारमा नै बन्दी बनाइएका छन् । तीनबुँदे सहमति पूरा हुन सकेन । तीनबुँदे सहमतिको कार्यान्वयन सत्तासीन नेपाली काङ्ग्रेसका सभापति तथा प्रम शेरबहादुर देउवाले गर्नुपर्छ । धेरै पछि केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लडाइँ जितेर खुला आकाशमा आउन सफल हुनुभएको छ । उहाँलाई अदालतले छोडिदिएको हो । बिरामी भएकाले यस पङ्क्तिकारले भेट गर्न नसके पनि उहाँको दृढ आत्मबललाई स्वागत छ ।

मान्छे मात्र चुनेर हुँदैन । एकपटक व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्छ । एसियाकै केही देशलाई लिऊँ, बङ्गलादेश सन् १९९१, पाकिस्तानमा २००२, इरानमा १९७९ मा जनमतसङ्ग्रह भएको थियो । यस्तै युरोपमा पनि जनमतसङ्ग्रह भएका उदाहरणहरू छन् । जनमतसङ्ग्रह गरेपछि रुद्राक्षको माला जपेर बस्ने होइन । यसले फड्को मार्छ । आमाले दिएको खट्टेमा कि त आमाले घिउ हालिदेलिन् कि त खट्टे सेलाउला भनृेजस्तै हो । कि जनमतसङ्ग्रहबाट जनअपेक्षित वैज्ञानिक समाजवाद आउँछ कि भने क्रान्ति । जनताका लागि दुवै हातमा लड्डु । वैज्ञानिक समाजवाद आउँछ–आउँछ । असफल संसदीय व्यवस्थको विकल्प नै वैज्ञानिक समाजवाद हो । यसका लागि सबै देशभक्तमा उच्च मनोबल हुनुपर्छ । दृढ आत्मविश्वास पनि । फलाम रातो भएको अवस्थामा नै ठटाउनुपर्छ । अहिले नेकपाका महासचिव विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्ति चलिरहेको छ । शान्तिपूर्ण सङ्घर्ष चलिरहेको छ । अचम्म लाग्छ, यस बेलामा मित्रशक्ति क्रान्तिकारी माओवादी चुप लागिरहेको अनुभूत हुन्छ । हुनत उसले कर्मकाण्डी रूपमा कछुवाको गतिमा छिटफुट सङ्घर्ष नगरेको होइन तर क्रान्तिका लागि एकजुट भएको देखिँदैन । अब पनि प्रचण्डलाई आउनोस्, सँगै लडौँला भनेर हुँदैन । उनी साम्राज्यवादको कब्जामा गैसकेका छन् । आत्मसमर्पण गरिसकेका छन् । यस्तो भन्दा प्रचण्डसँगको मोह नगैसकेको अनुभूत हुन्छ । यसरी क्रान्ति हुँदैन । प्रचण्ड आएमा त स्वागत छ । आत्मालोचना गरेर, जनतासँग माफी मागेर आएमा अन्यथा हुँदैन तर प्रम पद नपाएको बेला क्रान्तिको कुरा देखाएर हुँदैन । यो अवसरवादी नीति हो । ।

अहिले नेकपाको नेतृत्वमा एकीकृत जनक्रान्ति जारी छ । प्रशिक्षण, भूमाफियालाई जनकारबाही र अतिक्रमणविरुद्ध सङ्घर्ष भइरहेको छ । भागबन्डामा एनसेलको आयकर संसदीय पार्टी प्रमुखले मिलिजुली खाँदा नेकपाले विरोध गरेको हो । यति हुँदाहुँदै पनि झन्डै तीन वर्ष केपी ओली सरकारबाट नेकपा प्रतिबन्धित भयो । आफ्नो पाप पखाल्न केपी ओलीले प्रतिबन्ध फुकुवा त गरे तर अझै सयौँ नेता–कार्यकर्ता कारागारमा नै बन्दी बनाइएका छन् । तीनबुँदे सहमति पूरा हुन सकेन । तीनबुँदे सहमतिको कार्यान्वयन सत्तासीन नेपाली काङ्ग्रेसका सभापति तथा प्रम शेरबहादुर देउवाले गर्नुपर्छ । धेरै पछि केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लडाइँ जितेर खुला आकाशमा आउन सफल हुनुभएको छ । उहाँलाई अदालतले छोडिदिएको हो । बिरामी भएकाले यस पङ्क्तिकारले भेट गर्न नसके पनि उहाँको दृढ आत्मबललाई स्वागत छ ।

मेरो विचारमा यतिबेला शान्तिपूर्ण तरिकाले क्रान्ति अगाडि बढ्नुपर्छ । यो क्रान्तिका नायक निलो आकाशका चम्किला तारा बन्नुपर्छ । तब मात्र उत्पीडित जनताको समस्या हल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :