युवा सङ्गठन नेपाल तुलसीपुर उप–महानगरपालिकाको भेला सम्पन्न

युवा सङ्गठन नेपाल तुलसीपुर उप–महानगरपालिकाको भेला सम्पन्न

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल तुलसीपुर उप–महानगरपालिका–६ को प्रथम वडा भेला सम्पन्न भएको छ ।

तुलसीपुर उप–महानगरपालिका इन्चार्ज बिकाशको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले बिकाश बिसीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी चयन गरेको छ जसको उपाध्यक्षमा कमल डाँगी, सचिवमा प्रकाश श्रेष्ठ, सह–सचिवमा इन्द्रजीत परियार र कोषाध्यक्षमा वसन्त परियारलाई चयन गरिएको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपा तुलसीपुर नगर इन्चार्ज बिकाशले परिस्थितिले युवाहरूको काँधमा महत्वपूर्ण जिम्मेवारी थपिदिएको बताए । उनले पार्टीको कार्यनीति योजनालाई मर्मका साथ बोध गरि क्रान्तिको मोर्चामा प्रतिबद्ध भएर लाग्न आग्रह गरे । बिकाशले जनमतसङ्ग्रह मार्फत वैज्ञानिक समाजवाद प्राप्त गर्नुनै सबैखाले समस्याको निर्विकल्प समाधान भएको जिकिर गरे । उनले युवाहरूले दलाल पुँजीवाद, वैदेशिक हस्तक्षेप, साम्राज्यवादी हैकम–हस्तक्षेपका विरुद्ध निर्मम सङ्घर्ष गर्नुपर्ने धारणा राखे । एमसीसी कुनैपनि हालतमा पास हुन नदिन देशव्यापी रुपमा क्रान्तिकारी युवाहरू भीषण सङ्घर्षमा होमिनुपर्ने आवश्यकता रहेको नेता बिकाशको भनाइ थियो ।

युवा सङ्गठन नेपाल तुलसीपुर नगर अध्यक्ष खगेन्द्र राणाको अध्यक्षता तथा सञ्चालनमा भएको कार्यक्रममा युवा सङ्गठन नेपाल दाङ जिल्ला अध्यक्ष तुल्सी, नेकपा तुलसीपुर उप–महानगरपालिका–५ का इन्चार्ज इश्वरी, नेकपा तुलसीपुर उप–महानगरपालिका–६ का इन्चार्ज खेमराज र युवा नेता बिरेन्द्रको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :