चार कम्युनिस्ट पार्टीद्वारा भारतीय एसएसबीले घटाउँदै आएका आपराधिक घटनाहरू कडाईपूर्वक बन्द गर्न माग

दार्जुला घटनाको छानवीन गरी वास्तविकता सार्वजनिक गर्न, अपराधमा संलग्न एसएसबीलाई कारवाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

चार कम्युनिस्ट पार्टीद्वारा भारतीय एसएसबीले घटाउँदै आएका आपराधिक घटनाहरू कडाईपूर्वक बन्द गर्न माग

काठमाडौँ : नेपाल भारत सिमा क्षेत्रमा भारतीय एसएसबीले नेपाल राष्ट्र र नेपाली जनताका विरुद्ध श्रृंखलाबद्ध रुपमा घटाउँदै आएका आपराधिक घटनाहरु भविष्यमा कडाईपुर्वक नियन्त्रण र बन्द गर्न माग गर्दै चार कम्युनिष्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवामार्फत भारतीय नरेन्द्र मोदी सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

दार्जुलाको षड्यन्त्रमूलक घटनाप्रति नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरण, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतिले चरम आक्रोस व्यक्त गर्दै एसएसबीद्वारा श्रृंखलाबद्ध आपराधिक घटनाहरु भविष्यमा कडाईपूर्वक नियन्त्रण र बन्द गर्न प्रधानमन्त्री देउवामार्फत भारतीय नरेन्द्र मोदी सरकारसँग माग गरेका छन् । अन्यथा भारतीय शासक वर्गको हस्तक्षेप, अतिक्रमण र आपराधिक क्रियाकलापका विरुद्ध प्रतिरोध आन्दोलनमा उत्रन बाध्य हुने ज्ञापनपत्रमा चेतावनी दिइएको छ ।

प्रत्यक्षदर्शी कल्याणसिँह धामी, बेपत्ता जयसिँह धामीसँगै गएका, तुईन तर्न पालो पर्खी राखेका स्थानीय विक्रम रंकोली र अमिता धामीका अनुसार भारतीय एसएसबीले नियोजित रुपमा तुइन खोलेदिएपछि दार्जुलाका जयसिँह धामीको अवस्था अज्ञात रहेको भन्दै ज्ञापनपत्रमा शिघ्रताका साथ घटनाको छानवीन गरी नेपाली जनता सामु वास्तविकता सार्वजनिक गर्न, अपराधमा संलग्न एसएसबी माथी हदै सम्मको कारवाहीको निम्ति भारतीय नरेन्द्र मोदी सरकारसँग प्रभावकारी पहल गर्न, पिडित पक्षलाई न्याय दिलाउन र वेपत्ता जयसिँह धामीका परिवारलाई उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्रीसँंग चार कम्युनिस्ट पार्टीले जोडदार माग गरेका छन् ।

ज्ञापनपत्रको पूरा पाठ-

सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा ज्यु,
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिँहदरवार, काठमाण्डौँ ।

विषयः– ज्ञापनपत्र

१) श्रावण १५ गते बिहान ८ देखि ९ बजेको बीचमा दार्चुला जिल्ला व्यास गाउँपालिका वडा न. २ निबासी ३३ वर्षिय नेपाली युवा जयसिँह धामी गाँउबाट सदरमुकाम खलंगा जाने क्रममा मालाघाट भन्ने ठाँउमा महाकाली नदी तुईनबाट तरिरहेको बेला भारत उत्तराखण्ड राज्यको पांगनमा रहेको भारतीय सिमा सुरक्षा बल (SSB) ले तुईनको लठ्ठा खोली दिएपछि श्रावणको उर्लिदो महाकली नदीमा खसे । आज ९ दिन बिती सक्दा पनि जयसिँह धामी वेपत्ता अबस्थामा छन । नेपाली नागरिक तुईन तरिराखेको देख्दा देख्दै तुईनको लठ्ठा खोल्ने SSB को रवैया मैमत्तापुर्ण, हस्तक्षेपकारी, अमानविय र स्वाधिन नेपाल राष्ट्र र सार्वभौम नेपाली जनताको विरुद्धमा छ । यो जयसिहँ धामीको राजनितिक र मानवअधिकारका खिलापको जंगली, आततायी र मानवता विरोधी अक्षम्य अपराध हो । उक्त षड्यन्त्रमुलक घटनाप्रति हामी चार कम्युनिष्ट पार्टी चरम आक्रोस व्यक्त गर्दै यसको घोर निदा र भ्रत्र्सना गर्दछौँ ।

२) विगत २९ बर्षदेखि (०५९–०७८) तुईन संचालन गर्दै आएका प्रत्यक्षदर्शी कल्याणसिँह धामी, वेपत्ता जयसिँह धामी संगै गएका, तुईन तर्न पालो पर्खी राखेका स्थानीय विक्रम रंकोली र अमिता धामीका अनुसार SSB ले नियोजित रुपमा तुईनको लठ्ठा खोलीदिएको प्रमाणित हुन्छ । आज डेढ हप्ता बित्दा पनि जयसिँह धामीको अवस्था अज्ञात हुनु नेपाल र नेपाली जनताको निम्ति निकै सरकोकारमुलक, चिन्ताजनक र असैह्य विषय हो । तसर्थ, नेपाल सरकारले सिघ्रताका साथ घटनाको छानवीन गरी नेपाली जनता सामु वास्तविकता सार्वजनिक गर्न, अपराधमा संलग्न SSB माथी हदै सम्मको कारवाहीको निम्ति भारतीय नरेन्द्र मोदी सरकारसंग प्रभावकारी पहल गर्न, पिडित पक्षलाई न्याय दिलाउन र वेपत्ता जयसिँह धामीका परिवारलाई उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्री ज्यु संग हामी चार पार्टी जोडदार माग गर्दछौ ।

३) नेपाल भारत सिमा क्षेत्रमा भारत सरकार र त्यसको SSB ले हाम्रो राष्ट्र र नेपाली जनताका विरुद्ध श्रृंखलाबद्ध रुपमा घटाउदै आएका आपराधिक घटनाहरु भविष्यमा कडाईपूर्वक नियन्त्रण र बन्द गर्न प्रधानमन्त्री ज्यु मार्फत भारतीय नरेन्द्र मोदी सरकारसंग माग गर्दछौ । अन्यथा हामी भारतीय शासक वर्गको हस्तक्षेप, अतिक्रमण र आपराधिक क्रियाकलापका विरुद्ध प्रतिरोध आन्दोलनमा उत्रन बाध्य हुनेछौ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :