नेकपा मुसिकोट नगरसमिति र लघु बित्तीय सस्थाहरूबीच छलफल

नेकपा मुसिकोट नगरसमिति र लघु बित्तीय सस्थाहरूबीच छलफल

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी मुसिकोट नगरसमितिले लघुबित्तीय संस्थाका समस्या र अबको समाधान बिषयमा जिल्लामा रहेका लघुबित्तीय संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

लघु बित्तीय संस्थाको ऋणकै कारण बिपन्न घरपरिवारमा बिबाद भई कयौँ परिवारहरू सम्बन्ध बिच्छेदसम्म हुन पुगेको र कतिपय घरबार बिहीन भएर आत्महत्या सम्म गर्न विवश भएको हुँदा लघु बित्तीय संस्थाको अस्वस्थ र गैरकानुनी प्रतिस्पर्धाले गर्दा सिधासादा महिलाहरू विभिन्न परिबन्ध र प्रलोभनमा परि एउटै व्यक्ति १०/१२ वटा समूहमा बसेको पाएकाले यिनै समस्यालाई ध्यानमा राख्दै नेकपा मुसिकोट नगरसमितिले छलफल गरेको हो ।

न्युनत् १० बर्षको किस्ताको प्रावधानको व्यवस्था हुनुपर्ने सो कुरा हुन नसक्ने भएमा हाल निर्धारण गरिएको किस्ताको लागि महिनामा एक वटा मात्र बित्तीय संस्थालाई लिने व्यवस्था गरिनुपर्ने १०% सेवा शुल्कको नाम लिइने रकमको ब्याज लिन नपाइने, राष्ट्र बैंकले निर्धारण गरेको ब्याज दर भन्दा बढी ब्याज लिन नपाइने, पेन्सन बचतको नाममा राखिएको रकम फिर्ता गरिनुपर्ने, समूहमा बस्न इच्छुक नभएकाहरूको हकमा बचत रकम फिर्ता गरिनुपर्ने, हर्जाना शुल्क ३ किस्ता सम्म गएल हुँदा वा १ हप्ता विलम्ब हुँदा लिन नपाइने, अनावश्यक मानसिक तनाव दिन नहुने, जथाभावी बित्तीय संस्थाको स्वार्थमा ऋण प्रवाह गर्न नपाइने जस्ता उल्लेखित पस्तावहरू लघु बित्तीय सस्थाका जिल्ला प्रतिनिधि समक्ष राख्दै मुसिकोट नगरसमिति इन्चार्ज नरेन्द्र बिकले बित्तीय संस्थाहरूले जनतालाई दुःख दिने र जबर्जस्ति गर्न खोजेमा पार्टीले हस्तक्षेप गर्ने धारणा राखेका थिए ।

छलफलमा लघुबित्त बित्तीय संस्थाका प्रतिनिधिहरूले आफूहरूले जनतालाई दुःख दिन नखोजेको तर संस्थाको केन्द्रीय कार्यालयको नीति अनुसार चल्नु परेकाले समस्या परेको धारणा राखेका थिए ।

एउटा व्यक्तिलाई १० वटा सम्म बित्तीय संस्थाले गैरकानुनी रुपमा ऋण प्रवाह गर्ने गरेको र जसको कारण दिनैपिच्छे बैठक माशिक न्यूनतम् २५ हजारदेखि अधिकतम् १ लाख २० हजारसम्म किस्ता भएको र ऋण लिएर ऋण तिर्न बिपन्न परिवारलाई आयआर्जनको पाटो नहुँदा समस्या परेको भन्दै लघु बित्तीय संस्थाका प्रतिनिधिहरूलाई नगरसमितिले ध्यानआकार्षण गराएको थियो ।

कार्यक्रमा जिल्लास्थित विभिन्न लघु बित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि उपस्थित भएका थिए त्यस्तै एन.आइ.सि. एसिया लघुबित्त बित्तीय संस्था मुसिकोटका प्रमुख नगेन्द्रप्रसाद धिताल, एन.एम.बि लघुबित्त संस्था मुसिकोटका प्रमुख भुवन रसाइली, स्वालम्बी लघुबित्त संस्था मुसिकोटका प्रेमलाल बस्नेत, डिप्रोक्स लघुबित्त संस्था मुसिकोटका पूर्णप्रसाद पाण्डे, नेशनल माइक्रोफाइनान्स लघुबित्त संस्था मुसिकोटका सुशील बस्नेत, लक्ष्मी लघुबित्त संस्था मुसिकोटका खेममान केसी, महिला सहयात्रा लघुबित्त संस्था मुसिकोटका मानबहादुर डाँगी, बिजय लघुबित्त संस्था मुसिकोटका गोबिन्द शाही, ग्रामीण बिकास लघुबित्त संस्था मुसिकोटका श्रीकृष्ण गिरी लगायत स्थानीय युवाहरूको उपस्थिति रहेको थियो । त्यस्तै अ.ने.म.सङ्घकी जिल्ला संयोजक अनिता बिक, अ.ने.म.सङ्घ मुसिकोट नगर अध्यक्ष तुलसा पौडेल लगाएको पनि उपस्थिति रहेको नेकपा मुसिकोट नगरसमितिले जानकारी दिएको छ ।

मुसिकोट नगर समितिका इन्चार्ज नरेन्द्र बिकको अध्यक्षतामा कर्यक्रमको प्रमुख अतिथि केन्द्रीय स्कुलिङ बिभागका सदस्य गति रहेका थिए भने सञ्चालन मुसिकोट नगर समिति सेक्रेटरी घमण्ड महरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :