युवा सङ्गठन नेपाल धानखोला कमिटीको अध्यक्षमा तामाङ

युवा सङ्गठन नेपाल धानखोला कमिटीको अध्यक्षमा तामाङ

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल धानखोला कमिटीको भेला सम्पन्न भएको छ । भेलाले बुद्धिमान तामाङको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्माण गरेको छ । शनिबार सम्पन्न भेलामा ४० जना युवाहरूको सहभागिता रहेको बताइएको छ ।

भेलामा मन्तव्य राख्दै भेलाका प्रमुख अतिथि तथा शिवगढी गाँउ कमिटी इन्चार्ज पावेलले दलाल संसदीय व्यवस्था अन्त्य गरि वैज्ञानिक समाजवाद स्थापनाका लागि आबद्ध हुन युवाहरूलाई आग्रह गरे । उनले युवाहरू देश विकासका धरोहर भएकाले कुनै पनि व्यक्तिले सामाजिक, राजनीतिक अवस्थालाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न आग्रह गरे । पावेलले वर्तमान संसदीय व्यवस्थाले देशमा पर्याप्त रोजगार सिर्जना गर्न नसकेको कारण लाखौँ युवाहरू विदेशिन बाध्य भएको बताए । उनले विदेशबाट दैनिक ५ देखि १० वटा शव नेपाल आउने गरेको भन्दै दुःख व्यक्त गरे । साथै पावेलले वर्तमान दलाल संसदीय व्यवस्था खारेज गरि वैज्ञानिक समाजवाद स्थापनाका लागि युवाहरूले सङ्घर्ष गर्नुको विकल्प नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :