अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रूपन्देहीको बैठक सम्पन्न

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रूपन्देहीको बैठक सम्पन्न

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रुपन्देही जिल्लाको बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले सङ्गठन विस्तार, राजनीतिक वैचारिक तथा सिर्जनात्मक कामलाई तीव्रता दिने निर्णय गरेको छ ।

बैठकमा बोल्दै नेकपा रुपन्देही सेक्रेटरी विश्वासले सांस्कृतिक क्षेत्रमा वैदेशिक हस्तक्षेप तीब्र भएको भन्दै यसको नियन्त्रणका लागि सङ्घर्ष आवश्यक भएको बताए । महासङ्घका केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले दलाल पुँजीवादी संस्कृतिविरुद्ध सङ्गठनले चरणबद्ध सङ्घर्ष गर्ने बताए । सङ्ग्रामी सांस्कृतिक परिवारका संयोजक आत्माले गीत सङ्गीतको माध्यमबाट वैज्ञानिक समाजवादको पक्षमा परिवारले भूमिका खेल्ने बताए ।

बैठकले असोजसम्म विभिन्न सिर्जनात्मक तथा सङ्घर्षमूलक कार्यक्रमको तय गरेको महासङ्घकी अध्यक्ष बिहानी मगरले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :