नेकपाद्वारा बारा र पर्सामा धान रोपाइँ सम्पन्न

नेकपाद्वारा बारा र पर्सामा धान रोपाइँ सम्पन्न

बारा/पर्सा : नेपाल कम्युनिस्ट पार्टी बारा र पर्साले पार्टीको केन्द्रीय नीति बमोजिम धान रोपाइँ सम्पन्न भएको छ । गत साउन ८ गते उक्त पार्टीले उत्पादनबाट आत्मानिर्भर हुने र आफूलाई चाहिने खाद्यान्न आफैँ उत्पादन गर्ने उद्देश्य सहित जिल्लाका सबै नेता कार्यकर्ताको उपस्थितिमा उत्साह र खुशीयालीकासाथ धान रोपाइँ गरिएको जनाइएको छ ।

रोपाइँमा नेता कार्यकर्ताले जोत्ने, बाउसे लगाउने, बिऊ काढ्ने र रोप्ने काम गरेका थिए । स्थानीय पार्टी कार्यकर्ता र जनताको सहभागिता रहेको उक्त रोपाइँले जनता, कार्यकर्ता र नेतालाई उत्साहित बनाएको थियो । श्रमसँग जोडिएर उत्पादन गर्ने र बढाउने कार्यले पार्टी आत्मा निर्भर बन्ने, श्रमप्रतिको आस्था बढ्ने भएकाले धान रोपाइँ गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :