बारा र पर्साको प्रशिक्षण सम्पन्न

जनमतसङ्ग्रहको पक्षमा माहौल बनाउन धर्मेन्द्रको निर्देशन

बारा र पर्साको प्रशिक्षण सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको बारा र पर्साको जिल्लास्तरिय अगुवा कार्यकर्ताहरूको प्रशिक्षण समापन भएको छ । साउन ९ गते भएको प्रशिक्षण कार्यक्रममा नेकपाका सचिवालय सदस्य कञ्चनले वर्तमान राजनैतिक अवस्था, भर्खरै सचिवालयले गरेको निर्णय, पार्टीको केन्द्रीय समितिको बैठकले तय गरेको प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादको कार्यनीतिलाई सफल पार्न आमजनतालाई गोलबन्द गर्न सङ्गठन सुदृढ र विस्तार गर्न निर्देशन दिएका छन् ।

कञ्चनले वर्तमान राज्यप्रणाली दलाल पुँजीवादी भएकाले यसले जनता र राष्ट्रको समस्या गर्नुको सट्टा झनै थपिदैँ गएको यसले जनतामाथि लुटखसोट थोपरेको बताएका छन् । उनले जनताको गास, बास, कपास, स्वास्थ्य र शिक्षाको सुनिश्चितता गर्न वैज्ञानिक समाजवाद मात्र विकल्प रहेको बताउँदै जनतालाई पार्टीको उक्त नीति बुझाउन आग्रह गरेका छन् । कञ्चनले जनसेवकहरूको जिम्मेवारी अझ बढेको भन्दै युवाहरूलाई क्रान्ति भनेको युद्ध गर्नु मात्र नभएर मुख्यरुपमा रुपान्तरण भएको आफ्नो पार्टीको नीति रहेको बताए । साथै उनले वैज्ञानिक समाजवादका पक्षमा रहेका कुनै पनि पार्टी, संस्था र व्यक्तिसँग आफ्नो सहकार्य गर्न तयार भएको जानकारी दिँदै पछिल्लो भेटघाट त्यही उद्देश्यसँग रहेको बताएका थिए ।

दुईवटा जिल्लास्तरिय कार्यकर्ताको उक्त कार्यक्रमको सञ्चालन बाराका सेक्रेटरी रक्तिमले गरेका थिए भनें अध्यक्षता पर्सा जिल्ला सेक्रेटरी गणेश साहले गरेका थिए । प्रशिक्षणमा केन्द्रीय सदस्य गुणराज, सहिदका बुबा सुदर्शन पाण्डे, जनयुद्धमा सरकारी सुरक्षा निकायद्वारा यातना दिइ सक्त घाइते बिगा चौरासिया अतिथिका रुपमा उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :