विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता कार्यकर्ता नेकपामा प्रवेश

विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता कार्यकर्ता नेकपामा प्रवेश

कञ्चनपुर : कञ्चनपुरमा नेपाल कम्युनिस्ट पार्टी जनतासँग सुमधुर सम्बन्ध र ध्रुविकरण अभियानमा पछिल्लो समय तिब्र भएको देखिन्छ । शनिबार कञ्चनपुरको पुनर्वास नगरपालिकामा अन्य पार्टी परित्याग गरी एक दर्जन भन्दा बढि नेता कार्यकर्ताहरू नेकपामा प्रवेश गरेका छन् ।

कञ्चनपुर जिल्ला सचिव जीवनको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा माओवादी केन्द्र लगायत अरू पार्टीबाट पदम बारकोटी, धनबिरी सार्की, ईश्वरी उपाध्याय, दिनेश विक, कमल सुनार, हिरा साउँद, विक्रान्त चौधरी, गोमादेवी सार्की, फुलमाया विक, तारादेवी विक, विवेक बर्कोटी लगायत नेता कार्यकर्ता ध्रुविकृत भएका छन् । उक्त कार्यक्रममा पुनर्वास नगर इन्चार्ज शितलले अध्यक्षता गरेका थिए ।

साथै यस अघि पनि कञ्चनपुरको बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाँन्डी गाउँपालिकामा ध्रुविकरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :