भ्रष्टाचारीलाई जनकारवाही गर्ने निर्णय गर्दै जनसम्पर्क मञ्चको बैठक सम्पन्न

भ्रष्टाचारीलाई जनकारवाही गर्ने निर्णय गर्दै जनसम्पर्क मञ्चको बैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिको बैठक काठमाडौँमा सम्पन्न भएको छ ।

बैंठकमा आफ्नो महत्वपूर्ण भनाईहरू राख्दै जनसम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि कमानसिंहले आफ्नो पार्टी सधैं देश र जनताको हितमा इमान्दार पूर्वक काम गर्दै आइरहेकोले यतिबेला नेकपा जनताको बीचमा रहेको र शक्तिशाली रहेको बताए । उनले आफ्नो पार्टी, नेतृत्व, सङ्गठन, बिचार र राजनीति इमानदार र बलिदानी भावना भएकै कारण सबै भन्दा जनप्रिय पार्टी हुन सकेको पनि बताए । आगामी दिनमा पनि आफ्नो पार्टी सङ्गठन सधैं जनताको हितमा उत्तरदायी भूमिकामा काम गर्ने र देशद्रोही भ्रष्टाचारी कमिशनखोर लुट्खोर, सुद्खोरलाई जनकारवाही गर्ने र बिकृति बिसङ्गतीका विरुद्ध सधै लड्ने बताए ।

कमानसिंहले देशलाई स्वाधीन, बनाउन कुनै कसर बाँकी नराखी आफ्नो ज्यू ज्यानको आहुति दिन परेपनि पछि पर्न नहुने बताए । उनले यतिबेला हाम्रो पार्टी जनमतसङ्ग्रह मार्फत, जनताले आफ्नो हक अधिकार आफैँ सुनिश्चित गर्न पाउने व्यवस्था, वैंज्ञानिक समाजवादी व्यवस्था ठिक कि ? संसदीय पुँजीवादी व्यवस्था ठिक ? भन्ने जनमतसङ्ग्रह मार्फत जनताले आफ्नो हक अधिकार सुनिश्चितको फैसला आफैँ गर्न पाउनुपर्छ भन्दै विभिन्न राजनीतिक दल, बुद्धिजीवी, सङ्गठन, सरकार पक्ष वा विपक्ष, सबै तयार हुनुपर्ने अन्यथा जनताको अधिकारलाई बलजफ्ती खोस्ने कोशिस् गरेमा सामाजिक आवश्यकताले निम्त्याएको जनमतलाई जनविद्रोहको नेतृत्व आफ्नो पार्टीले लिने बताए ।

साथै उनले नेपाली जनतालाई पुँजीवादले आजित बनाएकोले संसदीय व्यवस्था सम्पूर्ण रुपमा पतन भएको स्थितिमा आफ्नो पार्टी अहिले देशको सङ्कटको समाधान वैज्ञानिक समाजवाद एक बिकल्प रहेको र जनताले वैंज्ञानिक समाजवादलाई विजयी गराई छाड्ने पनि आफू ढुक्क रहेको बताए । कमानसिंहले आफ्नो पार्टी अहिले विभिन्न दल पक्ष बुद्धिजीवी सबै सबैसँग राजनीतिक भेटघाट तिब्रता सहित बृहत छलफल अन्तक्रिया मार्फत जुटेको र जनमतसङ्ग्रहको वातावरण निर्माण गर्न अघि बढेको बताए । उनले यस्तो परिस्थितिमा आफ्नो पार्टी सङ्गठन जनताको बीचमा रहि जनताको हरेक दुःखसुखमा साथ र सहयोग हातमा हात, काँधमा काँध साथ दिँदै जान र सहकार्य गर्न पनि सबैमा अपिल गरे ।

उक्त बैठकमा काभ्रे–काठमाडौँ जनसम्पर्क मञ्चका सोलोमान लामाको अध्यक्षतामा १५ सदस्यीय, सिरहा–काठमाडौं सम्पर्क मञ्चका दिलिप थापाको अध्यक्षतामा १५ सदस्यीय, दार्जुला–काठमाडौँका प्रेम नेपालीको अध्यक्षता ७ सदस्यीय र सप्तरी–काठमाडौँका बिरबहादुर मगरको संयोजकत्वमा ५ सदस्यीय आयोजक कमिटी उपस्थित रहेका थिए ।

जनसम्पर्क मञ्च केन्द्रीय समितिको सर्कुलर केन्द्रीय सचिव टीका चौधरीले वाचन गरेका थिए । उक्त बैठक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष कमानसिंहको प्रमुख आतिथ्यमा अतिथिहरू केन्द्रीय सचिव खेम प्रधान, टीका चौधरी, सुशील बलपाम्कीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :