महासचिव विप्लवद्वारा चिरञ्जीवी थापाप्रति श्रद्धाञ्जली व्यक्त

महासचिव विप्लवद्वारा चिरञ्जीवी थापाप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेकपाका महासचिव विप्लवले चितवन मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीकी अगुवा मान्यता थापाका बुबा चिरञ्जीवी थापाप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । थापाको आज बिहान काठमाडौँ मेडिसिटी हस्पिटलमा कोरोना भाइरस सङ्क्रमणपछि निमोनिया भएर निधन भएको थियो ।

आज साँझ श्रद्धाञ्जली वक्तव्य जारी गर्दै महासचिव विप्लवले भनेका छन्, ‘चितवन मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूकी अगुवा मान्यता थापाका बुबा चितवन भरतपुर महानगरपालिका वडा नं. ९, सदरपुरमा २०२४ साल साउन २ गते जन्मिनुभएका चिरञ्जीवी थापाको काठमाडौँ मेडिसिटी हस्पिटलमा कोरोना भाइरस सङ्क्रमणपछि निमोनिया भएर आज बिहान १०ः३० बजे अल्पायुमा भएको निधनले हामीलाई दुःखी बनाएको छ । हाम्रो पार्टी उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ र मान्यतालगायत शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछ ।’ श्रद्धाञ्जली वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :