युवा विद्यार्थीले गरे पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग

युवा विद्यार्थीले गरे पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल दाङ र अखिल (क्रान्तिकारी) जिल्ला समिति दाङले बिहीबार संयुक्त रुपमा प्रदर्शन गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेजीको माग गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र चितवनकी युवती सुजिता भण्डारीको हत्याका विरुद्ध संयुक्त विरोध प्रदर्शन कार्यक्रम जिल्लाका दुई मुख्य शहर घोराही र तुलसीपुरमा आयोजना गरिएको थियो ।

तुलसीपुरमा भएको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्काले कोरोनाले जनता आक्रान्त भएको बेला ढाड सेक्ने गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरे । नेपाली जनताले सरकारको अनुभूति गर्न नपाएको र जनता र राष्ट्रको मुक्तिको लागि आफूहरू जस्तोसुकै सङ्घर्ष गर्न तयार रहेको खड्काको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा सङ्गठन नेपाल दाङका जिल्ला इन्चार्ज मनोजले चितवनकी युवती सुजिता भण्डारीको हत्यारालाई कारवाहीको माग गरे । देशमा भइरहेका हत्या, हिंसा, बलात्कार र अपहरण जस्ता जघन्य अपराध राज्यकै संरक्षणमा भइरहेका छन्, जनताको शान्तिसुरक्षा कसले गर्छ ?उनले प्रश्न गरे ।

साङ्केतिक रुपमा मोटरसाइकल डोर्याएर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गरिएका प्लेकार्ड लगायत सामाजिक विकृति विसङ्गतिविरुद्ध सचेतनामूलक प्लेकार्डहरू प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :