अलिकति पिएँ

कविता

मैले अलिकति पिएँ
त के बिराएँ ।
सक्ने देश खाए
नीतिको बेथिति बनाए ।
राज्यसत्तामा बसेकाले
आफ्नो सत्ता आफैँ ढाले ।
यो त
पुनः प्रजातन्त्र प्राप्ति
पछिको निरन्तरता हो ।
नैतिक भिखारीहरूले
दर्शन बखान गर्दा
जनताले
राज्यसत्ताको चौतारीमा
समानता अग्रगामिता
ल्याउन बठाए ।
म खान्नँ अरूलाई
खाना दिन्नँ
थेगो बनाएँ ।
भेटिएसम्म
सत्ता प्रयोग गरेर
खाना नपाएकाले
बेथितिले डकारेँ ।
धेरै मोटाएँ
त्यसैले त आज
केही बेथितिका दलालहरू
सत्ताबाट ढलेका छन् ।

मियो अझै बाँकी नै छ ।
समृद्धिको लहर ल्याउन
हावा महल बनाउँदैछ ।
सबैजना उठौँ आज
मियो तँलाई ढलाउन
प्रजातन्त्र लोकतन्त्र
संघीयता पृथकीकरण
निरन्तरता बत्ती बाल्न
निरंकुश सकुनिहरू
विरुद्धमा राष्ट्र-राष्ट्रियताको लागि
सधैँ मेरो सचेत
सिर्जनाको कलम मेरो
सक्रिय भई उठिरहनेछ ।
मैले अलिकति
थकान मेटाउन
खाना पचाउन
अलिकति पिएँ
त के बिराएँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :