बर्दियाको विकासका लागि महत्वपूर्ण छलफलमा नेकपा

बर्दियाको विकासका लागि महत्वपूर्ण छलफलमा नेकपा

बर्दिया : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उदयबहादुर चलाउने दिपक र बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । राष्ट्रको समग्र विकासमा पार्टीको भूमिकालाई लिएर छलफल गरिरहेको नेकपाले बिहीबार बढैयातालमा भेटघाट गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट वार्ता टोली सदस्य समेत रहेका दिपक बाँके र बर्दिया इन्चार्ज भएर आएपछि विभिन्न क्षेत्रका व्यक्तित्वसँग भेटघाट गर्ने सन्दर्भमा बढैयातालमा छलफल गरिएको हो । समसामयिक राजनीतिक अवस्था र गाउँपालिकाको समग्र विकासका विषयमा महत्वपूर्ण छलफल भएको भेटवार्तामा सहभागी नेकपाका नेता हिमशिखरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :